पहिचानविहीन समुदायले पाए पहिलोपटक आफ्नै समुदायको जनप्रतिनिधि
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार १९:२७:२५
♦खेमराज गौतम
९ जेठ ,गलकोट । पहिचानविहीन रहेको बागलुङको एक समुदायले पहिलो पटक आफ्नै समुदायको जनप्रतिनिधि पाएको छ । यस पटक जिल्लाको १० वटा पालिकामा ४४५ जनप्रतिनिधि निर्वाचित हुँदा पहिचानको पर्खाइमा रहेको नौथर समुदायअन्तर्गतको कायत समुदायबाट धनबहादुर कायत ढोरपाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका छन् ।
यस नगरपालिकाको वडा नं ७ बाट कायत समुदायले यसपटक स्थानीयतहको निर्वाचनमा उपप्रमुखसहित दुईजना वडासदस्यमा निर्वाचित भएका छन् । पछिल्लो समय लोप हुने अवस्थामा आएको कायत समुदाय जनप्रतिनिधि भएपछि आफ्नो पहिचान हुनेमा विश्वस्त छन् । उपप्रमुख धनबहादुरसहित वडा नं ७ को वडा सदस्यमा खगिसरा कायत र रामबहादुर कायत तीन छुटृाछुटृै पार्टीबाट निर्वाचित भएका हुन् । उपप्रमुखमा धनबहादुर नेपाली कांग्रेसबाट, वडासदस्य खगीसरा नेकपा (माओवादी केन्द्र) र रामबहादुर राष्ट्रिय जनमोर्चाबाट निर्वाचत भएका हुन ।
वडासदस्यमा हिमा कायत २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचित भएका हुन थियो । अन्य लोपन्मुख समुदायले पहिचान पाए पनि यहाँका कायत समुदायले अहिलेसम्म पहिचान पाउन सकेका थिएनन् । उनीहरु जनजाति हुन् वा अन्य समुदायअन्तर्गत पर्छन् भन्नेमा एकिन छैन भने राज्यले पनि लोपउन्मुख समुदायमासमेत राख्न सकेको छैन । ढोरपाटनमा मात्रै बस्ने कायत समुदायको सङ्ख्या निकै कम छ । ढोरपाटन बाहेक नेपालको अन्य ठाउँमा कायत समुदायको बसोबास पाइदैन । यिनीहरु यस नगरपालिकाको वडा नं ७ स्थित बोबाङ र वडा नं ९ को ढोरपाटन क्षेत्रमा घुम्ती बसाइँ बस्ने गर्छन् । छयत्तर घरपरिवार रहेको कायत समुदायको सङ्ख्या करिब ४०० रहेको स्थानीयवासीको भनाइ छ ।
राज्यले आफूहरुलाई लोपोन्मुख समुदायलाई प्रदान गर्ने सुविधाबाट वन्चित गर्दै आएको स्थानीयवासी नरबहादुर कायतको गुनासो थियो । अहिले त्यही पहिचानविहीन समुदायबाट नगरपालिकाको उपप्रमुख निर्वाचित भएपछि आफूहरुले पहिचान पाउनेमा कायत समुदाय विश्वस्त छन् । आफूहरुलाई आदिवासी जनजाति, अल्पसङ्ख्यक तथा लोपोन्मुखलगायत समुदायको रुपमा राज्यले पहिचान दिन सके आरक्षण र अन्य सुविधा पाउने उनीहरुले बताए ।
नवनिर्वाचित उपप्रमुख धनबहादुरले आफ्नो कार्यकालमा कायतलाई पहिचान दिलाउने गरी केन्द्र सरकारसँग पहल गर्नेमा जोड दिएका छन् । “यो स्थानीय तहले गर्नसक्ने काम होइन, केन्द्रीय सरकारसम्म पहुँच नपुगेकै कारण आफूहरु पछि परेका हौँ” उनले भने, “नेपालमा रहेका धेरै जातजातिलाई राज्यले पहिचान दिए पनि हामीहरु छुटेका छौँ, अहिलेको जनगणनामा स्पष्ट कायत समुदाय भनेर समावेश गराइएको र केन्द्र सरकारसँग पहिचान स्थापित गर्न पहल गर्ने छु ।”
कायत समुदाय पहिचानविहीन बन्दा राज्यले दिने सेवा सुविधाका लागि थर बदल्ने गरेका कारण कायत थर विस्तारै लोप हुने खतरामा पुगेको छ । जनजाति हुनाका लागि आफ्नै भाषा र संस्कृति हुनुपर्ने भए पनि उनीहरुको आफ्नै भाषा र संस्कृति छैन । आफूहरुलाई राज्यले लोपन्मुख अथवा जनजाती जुन समुदायमा राखेपनि पहिचान विहीन भने बनाउन नहुने कायत समुदायको माग थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार