बारामा एमाले बन्याे पहिलाे दल, कांग्रेसलाई गठबन्धन किन फापेन ?
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार १९:१६:३४
९ जेठ, बारा । बारामा हालसम्मको मतपरिणामअनुसार नेकपा एमाले ठूलो दलको रुपमा अगाडि छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख जितेको एमालेले यसपटक चार पालिकामा प्रमुख, उपप्रमुख र एक पालिकामा उपप्रमुख जितेको छ ।
एमालेले कलैया उपमहानगरमा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, निजगढमा प्रमुख र उपप्रमुख, परवानीपुर र प्रसौनीमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हात पारेको छ । अघिल्लो पटक प्रमुख समेत जितेको जीतपुरसिमरामा भने अहिले गठबन्धनबाट नेकपा माओवादी केन्द्रले जितेको छ ।
यसअघि प्रमुखसहित जित हात पारेको स्थानमा अहिले फरक नतिजा प्राप्त गरेको एमालेले अन्य पालिकामा भने आफूलाई उभ्याउन सफल भएको छ । एमालेसँग अहिले नौ जना पालिका प्रमुख र उपप्रमुख छन् ।
एमालेले चार स्थान जित्दा सोही अनुसारको जित हात पारेको कांग्रेसले उपमहानगरपालिका भने गुमाएको छ । अघिल्लो पटक एक उपमहानगरपालिका, तीन नगरपालिकासहित ६ स्थानमा जित हात पारेको कांग्रेसले अहिले चार स्थानमा सिमित छ ।
कांग्रेसले गठबन्धन गरेको जीतपुरसिमरा, कलैया र निजगढ तीन वटामै सफलता हात पार्न सकेन् । माओवादीसँग गठबन्धन गरेको कांग्रेसले कलैयामा प्रमुख, निजगढमा प्रमुख र जीतपुरसिमरामा उपप्रमुख पदमा पराजय व्यहोरेको हो ।
अघिल्लो निर्वाचनमा कांग्रेसले कलैयासहित निजगढ, स्रिमौनगढ, महागढीमाई, बारागढी, करैयामाइमा जितेको थियो । तर, यसपटक कांग्रेसले महागढीमाई नगरपालिका, कोल्हबी नगरपालिका र सुवर्ण गाँउपालिका र आदर्श कोतवाल गाँउपालिकामा जितेको छ । कांग्रेससँग आठ जना पालिका प्रमुख उपप्रमुख छन् ।
अघिल्लो पटक चार स्थानीय तहमा जित हात पारेको तत्कालिन संघीय समाजवादी फोरम हाल जनता समाजवादी पार्टीले जिल्लामा हालसम्म तीन पालिका जितेको छ । जसपाले देवताल, करैयामाई र बारागढीमा जित हात पारेको हो । तत्कालिन संसफोले अघिल्लो पटक पचरौता, आदर्श कोतवाल, फेटा र सुवर्णमा जित हात पारेको थियो । जसपासँग अहिले ६ जना पालिका प्रमुख र उपप्रमुख छन् ।
यसैगरी, अघिल्लो पटक तीन गाँउपालिका जितेको तत्कालिन राष्ट्रिय जनता पार्टी हाल लोकतान्त्रिक समाजवादी पार्टीले दुई स्थानमा जित हात पारेको छ । लोसपाले सिम्रौनगढ नगरपालिका र बिश्रामपुर गाँउपालिकामा जित हात पारेको हो । तत्कालिन राजपाले जित हात पारेको देवताल, प्रसौनी र परवानीपुर लोसपाले गुमाएको छ । लोसपासँग हाल चार जना पालिका प्रमुख र उपप्रमुख छन् ।
बाराको एउटा पालिकामा विवेकशील साझा पार्टीले जित हात पारेको छ । विवेकशीलबाट रुस्तम अन्सारी अध्यक्ष र निलम साह उपाध्यक्षमा निर्वाचित भएका हुन् । अन्सारी नेपाली कांग्रेसबाट टिकट नपाएपछि विवेकशीलबाट चुनाव लडेका थिए । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट लडेका अन्सारी संघीय समाजवादी फोरमका अमिरिलाल प्रसादसँग पराजित भएका थिए ।
कलैया उपमहानगरपालिका
प्रमुखः विनोद साह (एमाले)
उपप्रमुखः रौशन परविन (एमाले)
जीतपुरसिमरा उपमहानगरपालिका
प्रमुखः राजन पौडेल (गठबन्धन–माओवादी केन्द्र)
उपप्रमुखः भोला प्रसाद अधिकारी (एमाले)
निजगढ नगरपालिका
प्रमुखः सुरथ पुरी (एमाले)
उपप्रमुखः सोममाया थिङ (एमाले)
प्रसौनी गाँउपालिका
अध्यक्षः विनोदप्रसाद जैसवाल (एमाले)
उपाध्यक्षः किरण देवी (एमाले)
परवानीपुर गाँउपालिका
अध्यक्षः रामक्षत्री प्रसाद कुर्मि (एमाले)
उपाध्यक्षः सुगान्धी देवी कनुइन (एमाले)
कोल्हबी नगरपालिका
प्रमुखः रामप्रसाद चौधरी (कांग्रेस)
उपप्रमुखः लक्ष्मी कुमारी चौधरी (कांग्रेस)
महागढीमाई नगरपालिका
प्रमुखः उपेन्द्रप्रसाद यादव (कांग्रेस)
उपप्रमुखः तारादेवी कानु (कांग्रेस)
सुवर्ण गाँउपालिका
अध्यक्षः राजेशप्रसाद यादव (कांग्रेस)
उपाध्यक्षः पुनम कुमारी (कांग्रेस)
आदर्श कोतवाल गाँउपालिका
अध्यक्षः जवाहर प्रसाद (कांग्रेस)
उपाध्यक्षः मिरा देवी (कांग्रेस)
करैयामाई गाँउपालिका
अध्यक्षः शम्भुप्रसाद यादव (जसपा)
उपाध्यक्षः सुनैनाकुमारी चौधरी (जसपा)
बारागढी गाँउपालिका
अध्यक्षः अशोककुमार जयसवाल (जसपा)
उपाध्यक्षः लक्ष्मी देवी राय (जसपा)
देवताल गाँउपालिका
अध्यक्षः उदयप्रसाद यादव (जसपा)
उपाध्यक्षः सितापती देवी यादव (जसपा)
सिम्रौनगढ नगरपालिका
प्रमुखः किशोरीप्रसाद कलवार (लोसपा)
उपप्रमुखः नजमु शेहर (लोसपा)
बिश्रामपुर गाँउपालिका
अध्यक्षः जुल्फिकार अलि भुटो (लोसपा)
उपाध्यक्षः प्रियंका देवी (लोसपा)
फेटा गाँउपालिका
अध्यक्षः रुस्तम अंसारी (विवेकशील)
उपाध्यक्षः निलम साह (विवेकशील)
पचरौता नगरपालिका: (मतगणना जारी)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार