नबिल बैंककाे साधारणसभाले पारित गर्यो नेपाल बंगलादेश बैंक प्राप्तिको विशेष प्रस्ताव
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार १९:५१:५५
९ जेठ, काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया अगाडि बढेको छ । नबिल बैंकको विशेष साधारणसभाले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गरेपछि यो प्रक्रिया अगाडि बढेको हो ।
नेपाल बंगलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदनसहित अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मूल्य अनुपात १००ः४३ लाई पनि उक्त विशेष साधारणसभाले स्वीकृति दिएको छ ।
प्रस्ताव अनुसार अब नेपाल बंगलादेश बैंकका शेयरधनीहरूले बैंकको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।
२०७८ चैत्र मसान्तको वित्तीय विवरणअनुसार बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात् नबिलको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुग्नेछ भने कर्जा ३ खर्ब ९ अर्ब र निक्षेप रकम ३ खर्ब २० अर्ब पुग्ने भएको छ ।
त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १ खर्ब ४५ अर्ब रहने र प्राप्तिपश्चात् नबिल बैंकको शाखा सञ्जाल २ सय ५४ पुग्नेछ । सर्वोच्चमा रिट परेका कारण मर्जर प्रक्रिया केही समयका लागि रोकिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकहरुलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १०, २०८१ बिहिबार
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
माघ १०, २०८१ बिहिबार
कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडबीच सम्झौता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध विशाल जनप्रदर्शन, खुटी नहरमा स्थानीयले गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार