पालिकाको २ मध्ये एक प्रमुख पदमा महिला अनिवार्य गर्न नीतिगत व्यवस्था गर्नुपर्छ: देवकोटा
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार २०:१४:२७
९ जेठ , काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले स्थानीय तहको दुई प्रमुख पदमा यस पटक महिला कम आउने देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले अघिल्लो पटक ४८ प्रतिशत महिला अध्यक्ष,उपाध्यक्ष वा प्रमुख र उपप्रमुखमध्येमा निर्वाचित भएको बताए ।
यस पटक भने कम आउने भन्दै अब कानुनी र नीतिगत रूपमा व्यवस्था गर्नुपर्नेमा जोड दिए । यसतर्फ सरकार र निर्वाचनसम्बन्धी सरकारको संवैधानिक निकाय निर्वाचन आयोगको ध्यान जानुपर्ने औँल्याए ।
यद्यपि, केही स्थानीय तहमा भने घेराबन्दी तोडेर पालिकाको दुईवटै प्रमुख पदमा जनताले निर्वाचित गरेको भन्दै खुसी प्रकट गरेका छन् । उनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना दिँदै जनताको सेवक बन्न, आर्थिक मितव्ययीता अपनाउन र जनताको हितमा सँधै काम गर्न आग्रह पनि गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार