सिंजा गाउँपालिका अध्यक्षको पहिलो निर्णय : घरमै सुत्केरी हुने दर शून्यमा झार्छु
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार २०:२५:३९
९ जेठ, जुम्ला । सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले घरमै हुने सुत्केरी दर शून्यमा झार्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछिको पहिलो निर्णयमा उनले गाउँपालिकाको पहिलो प्रथामिकता घरमै हुने सुत्केरी दर शून्यमा झार्ने रहेको बताए ।
उनले सिंजागाउँपालिकाको मातृ मृत्युदर शून्य बनाउन र नेपाल सरकारको गाउँगाउँमा सिंहदरवार भन्ने अवधारणालाई पूर्णता दिन यस्तो प्रतिबद्धता गरेको बताए । अध्यक्ष धितालले भने, अब सिजागाउँपालिकाका कुनै पनि सुत्केरी महिला घरमा सुत्केरी हुने छैनन् ।
अब सबै शिशु सुरक्षित बर्थिङ सेन्टरमा जन्मनेछन् । यो गाउँपालिकाको प्रतिबद्धता हो, अध्यक्ष धितालले भने । सिंजा गाउँपालिकामा भइरहेका सकारात्मक कामलाई पनि निरन्तरता दिइनेछ । नव निर्वाचित गाउँपालिका अध्यक्ष लगायतले पाँच वर्षभित्र जनताका अधारभुत आवश्यकता पूरा गर्न प्रतिबद्ध रहेको उनले बताए । साथै, अबका पाँच ५ वर्षभित्र कक्षा १ देखी पाँच कक्षाासम्मको आधारभूत विद्यालय तहमा शिक्षाको गुणस्तर सुधार र उपलब्धि स्तर ६० प्रतिशत पुर्याइने धितालले बताए ।
सिजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले समावेशी आवासीय विद्यालय स्थापना गरिने बताइन । उनले निर्माणाधीन सिंजा गाउँपालिकाको प्रशासनिक भवन शीघ्र निर्माण गरिने
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार