समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक छ : वरिष्ठ नेता पौडेल
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार २०:४५:५७
९ जेठ,काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले प्रदेश र सङ्घीय संसद्को निर्वाचनसम्मै निरन्तरता पाउने बताएका छन् ।
संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए । तनहुँको व्यास नगरपालिको विजय र्यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन गठबन्धन अनिवार्य रहेको तर्क गरे । सोही अवसरमा उनले व्याससहित तनहुँवासीलाई धन्यवाद ज्ञापन पनि गरे ।
‘व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गर्नुभएको छ । म आभार व्यक्त गर्दै धन्यवाद ज्ञपान गर्न चाहन्छु’, पौडेलले भने । उनले विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टचार मुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँवासीले होस्टेमा हैंसे थपिदिएको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार