पर्साका १३ वटा तहका निर्वाचित प्रतिनिधिले लिए शपथ, बीरगञ्जमा मतगणना अझै जारी
आबिद हुसेन
जेठ ९, २०७९ सोमबार २१:२६:४०
९ जेठ, पर्सा । पर्साका १३ वटा स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले सोमबार सपथ लिएका छन् । जिल्ला समन्वय समितिको सभाहल बीरगञ्जमा आयोजित कार्यक्रमकाबीच प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले उनीहरुलाई शपथ खुवाएका हुन् ।
१४ वटा स्थानीय तहमध्ये बीरगञ्ज महानगरपालिकाको मतगणना अझै जारी रहेकाले १३ वटा स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुको मात्रै सोमबार शपथ खुवाइएको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । मतगणना सकिए लगत्तै बीरगञ्ज महानगर प्रमुखमा निर्वाचितलाई पनि शपथ ग्रहण गराइने उनले जानकारी दिए ।
पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहान, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, बहुदरमाइ नगरपालिकाका मेयर सिंगासन साह तेली ,सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, विन्दवासीनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी ,पकाहामैनपुर गाँपालिकाका अध्यक्ष सुरेस प्रसाद मेहता , कालिकामाइ गाँउपालिकाका अध्यक्ष बशीष्ट कुमार गुप्ता , जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, धोबीनी गाँउपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, छिपहरमाइ गाँउपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता , जिराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरी , पटेर्वासुगौली गाँउपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी र ठोरी गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले शपथ लिएका हुन् ।
शपथग्रहण समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल,नेपाल प्रहरीका प्रहरी उपरिक्षक रमेश बस्नेत , सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल , राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिपक खड्का , नेपाली सेनाको श्रीजंग गणका गणपति प्रमुख सेनानि जयराम थापा , वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेका साथै दलका नेताहरुको पनि उपस्थिती रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार