स्थानीय तहमा हालसम्म एमालेका ११ हजार ५९७ उम्मेदवार विजयी
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार २१:४२:४८
९ जेठ, काठमाडौं । निर्वाचन आयोगले मतगणना सप्पन्न भएका पालिकामा नेकपा एमालेका ११ हजार ५९७ जना उम्मेदवार विजयी भएको जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनीहरु प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा निर्वाचित भएका हुन् ।
आयोगले वैशाख ३० गते एकैदिन देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । कूल ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिनेमध्ये हालसम्म ३४ हजार २६९ जना निर्वाचित भइसकेका छन् । आयोगका अनुसार अब ९५२ जना उम्मेदवार विजयी भएको घोषणा गर्न बाँकी रहेको छ ।
एमालेको तर्फबाट उम्मेदवारी दिनेमध्ये प्रमुखमा ७६, अध्यक्षमा १२३, उपप्रमुखमा १०१, उपाध्यक्षमा १२५, वडा अध्यक्षमा २०८४, महिला सदस्यमा २ हजार २८४, दलित महिला सदस्यमा २ हजार २३२ र सदस्यमा ४ हजार ५७२ जना विजयी बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार