बीरगञ्जमा रगतको अभाव हुँदा बिरामी मर्कामा
आबिद हुसेन
जेठ ९, २०७९ सोमबार २२:८:५०
९ जेठ, बीरगञ्ज । रक्त सञ्चार केन्द्र बीरगंजमा रगतको अभाव भएको छ । चुनावी चटारोले गर्द केही समयदेखी रक्त संकलनका लागि रक्तदान कार्यक्रम हुन नसक्ता रगत अभव हुन पुगेको हो ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसंचर केन्द्रमा हरेक समुहको रगत अभाव भएको केन्द्रका प्रमुख शौरभरज पाण्डे बताउँछन् । रक्तसञ्चार के्न्द्रमा रगत अभाव हुँदा उपचारका लागि अस्पतल आएका बिरामी मर्कामा परेका छन् ।
यसैबीच रगत अभाव हुन नदिन नारायणी अस्पतलम कर्यरत चिकित्सकहरुले नै रक्त संचर केन्द्र पुगेर रक्तदान गरेका छन् । रगत अभाव पूर्ती गर्न रक्त संचर केन्द्रले पनि सबै सामजिक संघसंस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न आह्वान गरेको छ ।
केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भिर रोगका बिरामीको उपचारमा समस्या हुन थालेको नारायणी अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा। सरोज रोशन दासले बताए । बीरगञ्जमा मात्रै दैनिक ४० देखि ५० पिन्टसम्म रगतको माग भएको र मौज्दात रगत पूर्णरूपले समाप्त भएको पाण्डेले जानकारी दिए ।
अहिले केन्द्रमा रगत माग गर्न आउनेहरूसँग सोधभर्ना वापत रगत लिएर रगत दिने काम भइरहेको पाण्डेले बताए । रक्तदान कार्यक्रम गर्ने सामाजिक संस्था र राजनीतिक दलहरू स्थानीय तह निर्वाचनमै केन्द्रित हुँदा पछिल्लो एक महिनादेखि रक्तदान कार्यक्रमको आयोजना हुन नसक्दा रगत अभाव देखिएको हो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार