नि: शुल्क एम्बुलेन्स चलाएर जटिल रोगका विरामीलाई २० हजार उपचार खर्च दिने मादीको निर्णय
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार २२:५१:२४
९ जेठ, पोखरा । कास्कीको मादी गाउँपालिकाले जटिल रोगका बिरामीहरूलाई उपचार खर्च २० हजारका दरले दिने निर्णय गरेको छ । अध्यक्ष देवीजंग गुरुङले पदभार ग्रहण गर्दै जटिल रोग लागेकाले धेरै खर्च हुने भन्दै उपचार गर्न नमानेपछि हौसला स्वरुप २० हजार पालिकाले दिने निर्णय गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएका मुटुरोग, मिर्गाैला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी तथा सिकलसेल एनिमिया, कडा मानसिक रोगी तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई दीर्घ रोगको पहिचान भएको डाक्टरको सिफारिसको आधारमा एक पटकको लागि २० हजार उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।
यसअघि पनि मादीले मासिक १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । यस्तै, पालिका भित्र स्थायी बसोबास गर्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी तथा सुत्केरी महिलाको लागि पालिकाबाट संचालित एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय भएको छ । मादी गाउँपालिका प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको भन्दै यसको संरक्षण र विकास गर्न आवश्यक नीति तर्जुमा गर्ने निर्णय गरिएको छ ।
उपाध्यक्ष कल्पना गुरुङले भने पालिका भित्रका ज्येष्ठ नगारिक र अपांगता भएका नागरिकको पहिचान गर्न गाउँपालिका भित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको पहिचानको लागि क्यूआर कोडसहितको परिचयपत्र वितरण गर्ने निर्णय गरेकी छिन् । मादीमा कांग्रेसबाट अध्यक्ष र एमालेबाट उपाध्यक्ष निर्वाचित भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध विशाल जनप्रदर्शन, खुटी नहरमा स्थानीयले गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार