एमालेका हिरालाई हराउँदै जनकपुरको मेयरमा स्वतन्त्र उमेदवार मनोजकुमार विजयी
नेपालबहस संवाददाता
जेठ ९, २०७९ मंगलबार २:५:५
९ जेठ, जनकपुरधाम । नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन । उनले कांग्रेसबाट टिकट नपाउने भएपछि राजीनामा दिएर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
स्वतन्त्र उमेदवार मनोजले १३ हजार ४६५ मत ल्याउँदै जनकपुरधाम उपमहागरपालिकाको प्रमुखमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत ल्याएका छन् ।
गठबन्धनबाट नगरप्रमुख पदमा उमेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा)का लालकिशोर साह चौथो स्थानमा पुगेका छन् । उनले ५ हजार १२४ मत मात्रै ल्याएका छन् । तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार मनोज चौधरीले ५ हजार ३६० मत ल्याए ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट उमेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन् । किशोरीले १५ हजार ५२५ मत ल्याउँदै उपप्रमुखमा निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणा झाले १० हजार ८१७ मत ल्याइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार