पुतलीबजार कार्यपालिकाको पहिलो बैठक, स्याङ्जामा डायलाईसिस र ब्लड बैंक स्थापना
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार १७:१६:२३
♦ प्रकाश डोटेल
१० जेठ, स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित पुतलीबजारमा डायलाईसिस सेवालाई विस्तार र रक्त बैंक स्थापन गरिने भएको छ । मृगौला बिरामीलाई नियमित डायलाईसिसको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य र रगतको अभावमा नागरिकको ज्यान जान नदिनरक्त बैंक स्थापना गर्न लागिएको हो ।
पुतलीबजार नगरपालिकाको कार्यपालिकाको पहिलो बैठकले सेवा विस्तार र रक्त बैंक स्थापन गर्ने पहिलो निर्णय गरेको छ । जिल्ला अस्पतालमा नियमित रुपमा संचालन हुँदै आएको डायलाईसिस सेवाको विस्तार र थप प्रभावकारी बनाउन आवश्यक स्वास्थ्यकर्मी, बायोमेडिकल टेक्निसियन तथा पूर्वाधारको व्यवस्थापन नगरपालिकाले गर्ने भएको छ ।
जिल्ला अस्पतालमा हाल नियमित रुपमा १२ जना मृगौला बिरामीले डायलाईसिस सेवा लिर्दैै आएका छन् । नगरपालिकाको यो निर्णयसँगै केहिदिनभित्रमा आवश्यक पूर्वाधारको तयार गरी झण्डै ४५ जनालाई सहज रुपमा सेवा प्रवाह गर्न लागिएको छ । जिल्लामा हाल करिब ८० जना मृगौला बिरामीको नियमित डायलाईसिस गनुपर्ने छ ।
लाखौं रुपैयाँखर्च गरेर उपचारको क्रममा डायलाईसिस गर्नुपर्ने मृगौला बिरामीको मागलाई ध्यानमा राखेर डायलाईसिस सेवालाई प्रभावकारी बनाउन लागिएको गर प्रमुखतुलसीराम रेग्मीले जानकारी दिए । मृगौला बिरामीलाई उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य गरिने नगर प्रमुख रेग्मीले बताए । चुनावी घोषणा पत्रमा कांग्रेस स्याङ्जाले डायलाईसिस सेवालाई विस्तार र प्रभावकारी बनाउने समेत प्रतिवद्धता जनाएको थियो ।
कार्यपालिका बैठकले पुतलीबजार नगरक्षेत्रमा ब्लड बैंक स्थापना गर्ने निर्णय गरेको छ । जिल्लाका सरोकारवाला निकायसँगै रेडक्रस सोसाईटीको समन्वयमा यथाशिघ्र ब्लड बैंक स्थापना गरिने भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा विपद् व्यवस्थापन कोषमा विनियोजित बजेटबाट १०लाख बजेट निकासा गरी ब्लड बैंक स्थापना गर्न लागिएको हो ।
जिल्ला अस्पतालमा शल्यक्रिया मार्फत हुने सुत्केरी सेवा र अन्य बिरामीलाई अत्यावश्यक पर्ने रगत सहज उपलब्ध गराउन ब्लड बैंक स्थापन गर्न लागिएको हो । रगत अभावमा सुत्केरी र अन्य विरामीको अकालमै मृत्यु हुनबाट रोक्नब्लड बैंकले सहज भूमिका निर्वाह गर्ने स्थानीयले विश्वास गरेका छन् । यो निर्णयसँगै जिल्लामा रगत अभावमा जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।
पालिकाको पहिलो बैंठकले नगरपालिकाको संस्थागत विकासको अवस्था र नगरभित्र सञ्चालित योजना तथा कार्यक्रमका बारेमा प्रमुख प्रशासकीय अधिकृतबाट कार्यपालिकाले जानकारी लिएको छ । चालुआर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने योजना तथा कार्यक्रमहरु तत्काल अगाडी बढाउने र समय सिमामै सम्पन्न गर्न आवश्यक निर्देशन दिएको नगर उपप्रमुख देबी अर्यालले जानकारी दिईन् ।
नवनिर्वाचित प्रतिनिधिको कार्यपालिका बैठकले गरेको निर्णयसँगै स्थानीय हर्षित भएका छन् । लामो समयदेखि समस्याका रुपमा रहदै आएको डायलाईसिस सेवाको विस्तार र ब्लड बैंक स्थापना गर्ने निर्णयले आम नागरिकको स्वास्थ्यमा जनप्रतिनिधिहरु गम्भिर छन् भन्ने देखाएको उनीहरुले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार