ललितपुर महानगरका मेयर उम्मेदवार चिरिबाबु लागे विजय उत्सवको व्यवस्थापनतिर
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार १७:२५:२
१० जेठ, काठमाडौ । ललितपुर महानगरपालिकामा जित निश्चित भएपछि मेयरका उम्मेदवार चिरिबाबु महर्जन विजयी उत्सवको तयारीमा लागेका छन् । महानगरमा अब साढे ५ हजार मत गन्न बाँकी छ ।
गन्न बाँकीभन्दा चौबर मतले अग्रता लिएपछि कांग्रेस लगायत गठबन्धनका कार्यकताहरु विजयी उत्सवका लागि निर्वाचनको निर्वाचनको परिणाम घोषणा कुरिरहेका छन् ।
ललितपुरमा अहिलेसम्म ७९ हजार ८६३ मत गणना सकिएको छ । ८५ हजार ८६१ मत खसेको ललितपुर महानगरपालिकाको प्रमुखमा हालसम्म कांग्रेसका चिरिबाबु महर्जनले ३९ हजार २३२ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ४९२ मत मात्र ल्याएका छन् ।
उपप्रमुखतर्फ एमालेकी मञ्जली शाक्यले २३ हजार ७३१ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १७ हजार २६३ मत ल्याएका छन् । ललितपुर महानगरपालिकामा अहिले २७ र २८ को मतगणना जारी छ भने २९ को गन्ने तयारी भइरहेको छ ।
जम्मा ५ हजार ९९८ मत गन्न बाँकी रहेको र आज रातीसम्म मतपरिणाम आउने ललितपुरका मुख्य निर्वाचन अधिकृतको किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार