नवनिर्वाचित मेयर राजेशमानले लगाए मुकुट
आबिद हुसेन
जेठ १०, २०७९ मंगलबार १८:१:५
१० जेठ, वीरगन्ज । बीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले चाँदीको ताज (मुकुट) पहिरयाएर बधाई दिनुका साथै सम्मान गरेका छन् ।
मंगलबार बिहान महानगरको मतगणना सम्पन्न भई मेयरमा निर्वाचित भएपछि सबैभन्दा पहिले सांसद यादवलाई भेट्न उनको निवासमा पुगेका सिंहलाई सांसद यादवले चाँदीको ताज पहिर्याएर बधाई दिँदै सम्मान गरेका हुन् ।
सत्ता गठबनधनबाट जसपाका उम्मेदवार बनेका सिंहलाई मेयरमा जिताउन अहंम भूमिका निर्वाह गरेका सांसद यादवले सिंहलाई सम्मान गरेको र यो जित हाम्रो मात्र भई सम्पूर्ण वीरगञ्जवासीको रहेको सांसद यादवले बताए ।
सांसदको बधाई र सम्मान थापेपछि मात्रै नवनिर्वाचत मेयर सिंह आफना समर्थकका साथ वीरगञ्ज १४ पिपरास्थित नृसिंह मावि परिसरको मतगणनास्थलमा पुगेका थिए । त्यहाँ उनले मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलेको हातबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका थिए ।
त्यसपछि सांसद यादव र आफ्ना समर्थकका साथ सिंहले वीरगञ्जमा विजय रयाली निकालेर नगर परिक्रमा गरेका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपकठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार