नयाँ औद्योगिक क्रान्तिमा सहयोग गर्न ब्रिक्सको आह्वान
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार १८:११:११
१० जेठ, सियामेन । उदीयमान अर्थतन्त्रका रुपमा विश्वमा परिचय बनाएका ब्राजिल, रुस, भारत, चीन र दक्षिणअफ्रिका प्रमुृख सदस्य रहेको समूह (ब्रिक्स) का उद्योग मन्त्रीहरूले दिगो विकासका लक्ष्य हासिल गर्न नयाँ औद्योगिक क्रान्ति अपरिहार्य भएको बताउँदै त्यस निम्ति पारस्परिक एवम् नवप्रवर्तनयुक्त सहयोगलाई अझ सुदृढ तुल्याउन आह्वान गरेका छन् ।
भिडियो लिंकमार्फत यहाँ सम्पन्न ब्रिक्स उद्योग मन्त्रीहरूको छैटौं बैठकमा उनीहरूले स्थिर, सुरक्षित, खुला, निष्पक्ष, जीवन्त र लचिलो वातावरण सिर्जना गर्दै औद्योगिक सहयोगलाई अझ सुदृढ तुल्याउन तथा अर्थतन्त्रको पुनरुत्थान अभिवृद्धि गर्न त्यस्तो आह्वान गरेका हुन् । विश्वले बितेको एक शताब्दीमा कहिल्यै नदेखिएको महामारीको सामना गर्नुपरेको यथार्थ प्रस्तुत गर्दै चीनका उद्योग तथा सूचना प्रविधि मन्त्री सियाओ याछिङले चिनियाँ सरकारले महामारीविरुद्धको प्रतिकार्य र सामाजिक– आर्थिक विकासलाई सन्तुलनमा राख्न सक्रिय कदम चालेको बताए ।
बैठकमा समूहका मन्त्रीहरुबीच सन् २०१५ मा भएको पहिलो बैठकका निर्णयको प्रगति समीक्षा, आपसी सहयोग प्रवर्धन, नयाँ औद्योगिक क्रान्तिमा समूहको साझेदारी, परम्परागत उद्योगको ‘डिजिटल’रुपान्तरण, औद्योगिक तथा आपूर्ति शृङ्खलामा सहकार्य गर्ने विषयमा विचार आदानप्रदान भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार