पोखरा महानगरपालिकाको मतगणना स्थगित
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार १९:९:२६
१० जेठ, काठमाडौं । पोखरा महानगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि अहिले मतगणना स्थगित भएको हो ।
मुचुल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनः गणनाका लागि निवेदन बुझाएको छ।
महानगरका वडा १८ र ३१ वडाको पुनः मतगणना गर्नुपर्ने माग गर्दै एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले निवेदन दिएका छन्। दुवै वडाको अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भइसकेका छन्।
वडा नम्बर १८ मा ४ हजार ३४८ मत खसेकोमा मतगणनाका क्रममा ९ मत कम अर्थात् ४ हजार ३३९ वटा मतपत्र भेटिएको थियो। कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले ३ मतले मात्रै एमाले उम्मेदवारलाई पराजित गरेका छन्। तिमिल्सिनाले १ हजार ६४३ मत ल्याउँदा एमालेका पुष्कलबहादुर थापाले १ हजार ६४० मत पाएका थिए।
पोखरा–३१ मा पनि ४ हजार ४८१ मत खसेकोमा मतपेटिकामा ३ मत कम भेटिएको थियो। त्यहाँ कांग्रेस उम्मेदवारले १६१ मतान्तरले एमाले उम्मेदवारलाई हराएका छन्। कांग्रेसका ढकनाथ कँडेलले १ हजार ८९८ मत ल्याउँदा एमालेका चिरञ्जीवी बञ्जराले १ हजार ७३७ मत पाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार