शहरी स्वास्थ्य केन्द्रको भवन शिलन्यास
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार १९:२१:५७
१० जेठ, रामपुर (पाल्पा) । रामपुरमा निर्माण हुन लागेको सहरी स्वास्थ्य केन्द्रको भवन शिलन्यास गरिएको छ । रामपुर नगरपालिका– ४ व्यास बसपार्कमा वडा नं ४ र ५ का नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले सोमबार शिलान्यास गरी भवन निर्माण कार्य थालिएको हो ।
जिल्ला समन्वय समितिको रु १५ लाख, रामपुर नगरपालिकाको रु १० लाख र जनसहभागिता रु दुई लाख ८८ हजार गरी कूल रु २७ लाख ८८ हजारको लागतमा भवन निर्माण हुने उपभोक्ता समितिका सचिव प्रेम सारुले जानकारी दिएका छन् । सो भवन आगामी असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम थालनी गरिएको समितिले जनाएको छ ।
वडाध्यक्ष रामबहादुर रानाले भवन अभावमा नागरिकलाई सेवा दिन समस्या पर्ने भएकाले स्वास्थ्य सेवालाई सहज रुपमा नागरिक समक्ष प्रवाह गर्न नयाँ भवन बनाउने कार्य थालनी गरिएको बताए । भवन अभावमा कालीगण्डकी आमा समूहको भवनबाट सञ्चालन हुँदै आएको स्वास्थ्य केन्द्र अब भवन बनेपछि सेवा प्रवाहमा सजिलो पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार