फेरि स-याे प्रेस युनियनको महाधिवेशन, भदौ २१ र २२ मा गर्ने निर्णय
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार १९:३५:७
१० जेठ, काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सरेको छ । निर्वाचनका कारण समय अभाव र पार्टीको निर्देशन अनुसार भन्दै महाधिवेशन सारिएको हो । यसअघि यही जेठ १३ र १४ गते हेटौडामा गर्ने भनिएको थियो ।
प्रेस युनियनद्वारा मंगलबार जारी विज्ञप्तिमा नेपाली कांग्रेसले गत वशाख २१ गते प्रेस विज्ञप्ति जारी गरी भ्रातृ र शुभेच्छुक संस्थाको महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुन्जेलसम्मका लागि स्थगित गर्न गरेको निर्देशन अनुसार सार्नुपरेको उल्लेख छ ।
विज्ञप्तिमा नेपाल प्रेस युनियनको यही जेठ १३ र १४ गते निर्धारित नवौँ महाधिवेशन स्थगित गरी २०७९ साल भदौ २१ र २२ गते हेटाैडामा गर्ने गरी निर्णय भएको बताइएको छ । आगामी भदौ २१ र २२ गतेका लागि तय भएको नवौँ महाधिवेशनको तयारीमा सम्पूर्ण युनियनकर्मीहरूलाई क्रियाशीलताका साथ जुट्न पनि आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यही जेठ १३ र १४ गतेका लागि निर्धारित महाधिवेशन समयमै गर्न नसकिएको प्रति क्षमायाचना गर्दै अब तोकिएको समयमा महाधिवेशन हुने विश्वासका साथ प्रतिबद्धता व्यक्त गर्दछौँ । साथै नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवस यही जेठ १३ गते विभिन्न कार्यक्रम गरी मनाउन सबै जिल्ला शाखा, प्रतिष्ठान शाखा र विदेशस्थित शाखाहरूलाई हार्दिक अपिल समेत गर्दछौँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार