निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार १९:४०:१४
१० जेठ, फुङ्लिङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमूले पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट गर्ने घोषणा गरेका छन् । सोमबार पदभार ग्रहण गर्दे उनले आगामी आर्थिक वर्षदेखि लागूहुने गरी नागरिकलाई निःशुल्क विद्युत् उपल्ब्ध गराउने घोषणा गरेका हुन् ।
गाउँपालिकाभित्रका नागरिकले सामान्य बिजुलीको बिल तिर्न जिल्ला सदरमुकाम फुङ्लिङ आउनुपर्ने बाध्यता रहेको भन्दै त्यसबाट छुटकारा दिलाउन यस्तो निर्णय गरेको पोमूले बताए । यस्तै विद्युतीकरण हुन बाँकी रहेको गाउँमा पनि छिट्टै विद्युत् विस्तार गर्ने उनले जानकारी दिए। “गाउँपालिकाभित्रका नागरिकले न्यूनतम विद्युत् महसुल तिर्न पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ, अब सरकारी कार्यालय, उद्योग र सङ्घ संस्थाबाहेकको विद्युत् महसुल छुट हुनेछ”, उनले भने ।
करिब दुई हजार २०० घरधुरी रहेको यस गाउँपालिकालाई उज्यालो पालिका बनाउने उनको योजना रहेको बताएका छन् । उनले यही आर्थिक वर्षभित्रै प्राविधिक अध्ययन गरी आगामी आवबाट लागू हुनेगरी पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट दिने पहिलो निर्णय गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार