आयल निगमले गर्यो दश महिनामा २ खर्ब ३० अर्बमाथिको इन्धन आयात
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार १९:४५:४०
१० जेठ, काठमाडौं । नेपाल आयल निगमले वितेका १० महिनामा २ खर्ब ३० अर्बमाथिको इन्धन आयात गरेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो दश महिनामा भारतबाट २ खर्ब ३० अर्ब ५५ करोड ४४ लाख ६२ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा एक वर्षको अवधिमा भित्रिएकोभन्दा ७० अर्ब रुपैयाँभन्दा बढीको पेट्रोल, डिजेल र एलपीजी ग्यास यसवर्षको पहिलो दश महिनामा भित्रिएको भन्सार विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष नेपालले भारतबाट १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरेको थियो ।
विभागले आज सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो दश महिनामा भारतबाट १ खर्ब २३ अर्ब ७० करोड ८८ लाख ८१ हजार रुपैयाँको डिजेल आयात गरिएको छ । सोही अवधिमा ५४ अर्ब ८३ करोड ९६ लाख ६ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ ।
२०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा भारतबाट नेपालले ५२ अर्ब ५९ लाख ७५ हजार रुपैयाँको खाना पकाउने एलपीजी ग्यास आयात गरेको विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार