नक्कली सुन बेच्ने ठगिको गिरोह सार्वजनिक
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार २०:१५:१२
१० जेठ , लुम्बिनी । रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष ४० की धन सौमैलाई बोलाई आफूहरुसँग रहेको सुनजस्ता देखिने गोल्डेन कलरको धातु दिएर ठगि गरेको अभियोगमा उक्त गिरोहलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
रुपन्देहीको गैडहवा गाउँपालिका–९ धुसुवा बस्ने ३७ वर्षिय काके भन्ने धनबहादुर सुनार, कञ्चन गाउँपालिका–१ हात्तीबजार बस्ने ३७ वर्षिय नवीन भन्ने देवबहादुर मगरलाई सैनामैना नगरपालिका–१ हात्ती बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले पीडित महिलालाई होटलमा बोलाई तपाईको पुरानो बाँकी रहेको पैसा दिन्छौँ भनी विभिन्न प्रलोभनमा पारी झुक्याइ नक्कली सुनका ढिक्का दिएर महिलासँग रहेको सुनको चेन (ब्रासलेट) समेत लिई फरार रहेका थिए ।
प्रहरीले उनीहरुसँग सुन जस्तो देखिने पहेँलो पदार्थ लगाएको फलामको ढिक्का ९ थान र विभिन्न कम्पनीका मोबाइल सेट चार थान र पीडितको ब्रासलेट गालेर बनाएको करिब १ तोला ७ लाल बराबर तौलको सुनको डल्लासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार