भरतपुरलाई हेर्न र गर्व गर्न लायक स्मार्ट सिटी बनाउने रेनुको रहर
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार २०:११:३५
१० जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्पसहितको रहर देखाएकी छन् । उनले आफ्नो रहरलाई पुरागर्ने बाचा पनि गरेकी छन् । मेयरमा निर्वाचित भएपछि पहिलो प्रतिक्रिमै दाहालले सुन्दर बनाएर आफ्नो संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले भनिन्, ‘भरतपुरलाई देशकै हेर्न लायक, गर्व गर्न लायक । देशकै नमुना स्मार्ट सिटीको जुन बनाउने रहर छ त्या संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । दोस्रो कार्यकाल नै आफ्नो अन्तिम कार्यकाल भएको बताउँदै उनले जनतालाई निराश नबनाउने बताइन् ।
मेयरमा निर्वाचित दाहालले १२ हजार ४४६ मतान्तरले नेकपा एमालेका विजय सुवेदीलाई पराजित गरेकी हुन् । दाहालले ५२ हजार २८ मत प्राप्त गर्दा सुवेदीले जम्मा ३९ हजार ५८२ मत ल्याए ।
आफूले सोचेभन्दा बढी मत पाएको भन्दै उनले पहिलो कार्यकालमा गरेको कामबाट परीक्षण भएर आएको बताइन् । पहिलो कार्यकालमा अधुरा रहेका कामलाई दोस्रो कार्यकालमा पुरा गर्ने उनले बताइन् ।
‘हामीले तीनदेखि सात हजारको मतान्तर हुन्छ कि भन्ने सोचेका थियौँ,’ उनले भनिन्, ‘जनसमुदायले विगतको कामको सहि मुल्यांकन गरेर अनुमोदन गर्नुभएको छ ।’ महानगरका अधुरा कामलाई ध्यानमा राखेर भरतपुरलाई देशकै नमुना बनाउने विगतको संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
आफूले दिने योगदानमा कुनै कमि नगर्ने भन्दै उनले यहाँको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्दै जाने बताइन् । महानगरमा निर्माणाधीन सिटी हल, प्रशासनिक भवन, नारायणी नदी तटबन्धन, क्रिकेट रंगशाला, रिङरोड लगायतका ठूला गौरवका आयोजनालाई प्राथमिकता दिने उनले बताइन् ।
महानगरमा ढल व्यवस्थापनका लागि डीपीआर तयार भइसकेको दाबी गर्दै उनले आगामी आर्थिक वर्षदेखि सुरु हुनेगरी काम थाल्ने बताइन् । अबको कार्यकालमा महानगरमा बेरोजगारीको अन्त्य गर्ने उनले दाबी गरिन् । स्थानीय सरकार राजनीति गर्ने ठाउँ नभएको भन्दै उनले काममा अनावश्यक अवरोध नआउने उनले विश्वास व्यक्त गरिन् ।
उपमेयरमा निर्वाचित अधिकारीले मेयर दाहालका योजना सम्पन्न गर्नमा आफ्नो सहयोगी भूमिका रहने बताए । ‘काम गर्ने क्रममा आउने चुनौतीलाई अवसरका रुपमा लिएर भरतपुरको चौतर्फी विकास गर्नका लागि सहयोगी भूमिका रहन्छ । हाम्रो त्यो दायित्व पनि हो’, उनले भने ।
उपमेयरमा निर्वाचित अधिकारीले ५२ हजार ८०३ मत ल्याए । निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ६११ मत ल्याइन् । निर्वाचित मेयर लगायतका जनप्रतिनिधिले आजै साँझ ६ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध विशाल जनप्रदर्शन, खुटी नहरमा स्थानीयले गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार