बाराका नवनिर्वाचित जनप्रतिनिधि गोपनीयताको शपथपछि पदभार ग्रहण गर्दै
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार २०:३१:३८
१० जेठ, बारा । बाराका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथपछि पदभार ग्रहण गरेका छन् । यहाँका १५ वटै पालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
निजगढ नगरपालिकाका नागर प्रमुख सुरथ पुरीले उपप्रमुख सोममाया थिङलगायत वडा अध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । निजगढस्थित बैंगकुट सभा हलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख पुरीले उपप्रमुख थिङलाई पहिले शपथ गराएपछि वडा अध्यक्ष र सदस्यहरूलाई ईश्वर, देश र जनताको नाममा पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथ कार्यक्रमपछि उपप्रमुखसहित सबैले पदबहाली गरेका छन् ।
जितपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले सोमबार पदभार ग्रहण गरेलगत्तै पदबहाली गरेका हुन् भने कलैया उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आइतबारै शपथ लिएका थिए । उनीहरूले आज पदबहाली गरेका छन् । मुख्य निर्वाचन अधिकृतसँग शपथ लिएपछि साहले उपमहानगरका अन्य जनप्रतिनिधिलाई शपथ गराएका थिए । शपथ ग्रहण गराएसँगै नगरप्रमुख साहले पदभार ग्रहण गरेका छन् ।
यस्तै बाराका अन्य पालिकामा समेत नवनिर्वाचित पदाधिकारीले शपथ ग्रहणपछि पदभार ग्रहण गरेका छन् । बाराको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले आईतबारै सपथ लिएका थिए । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई शपथ खुवाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार