सप्तरीमा कांग्रेस पूर्ववत् अवस्थामा
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार २१:३१:१९
♦नानीमैया कटुवाल
जेठ ९, सप्तरी । स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लाका पाँच पालिका प्रमुख जित्दै नेपाली कांग्रेसले आफ्नो पूर्ववत् अवस्था कायम राखेको छ। कुल १८ वटा स्थानीय तहमध्ये कांग्रेसले सात उपप्रमुख र ४१ वडा अध्यक्षसमेत जितेको हो । विसं २०७४ को चुनावमा पनि कांग्रेसले पाँच प्रमुख र सात उपप्रमुखमा विजयी हासिल गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसअघि जित हासिल गरेको सुरुंगामा कांग्रेस प्रमुख र उपप्रमुखमा निर्वाचित हुन सके पनि शम्भुनाथ नगरपालिका तथा विष्णुपुर, राजगढ र अग्निसाइर कृष्णसवरन गाउँपालिकामा भने कांग्रेसले नेतृत्व दोहो-याउन सकेन । नयाँ पालिकाको रूपमा सप्तकोसी र कञ्चनरूप नगरपालिका तथा तिलाठी कोइलाडी र तिरहुत गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेर कांग्रेसले पहिलेको अवस्था कायम राखेको कांग्रेसका जिल्लाअध्यक्ष रामदेव साह बताउँछन् । यसअघि जितेको विष्णुपुर र अग्निसाइर कृष्णसवरन गाउँपालिकाको अध्यक्ष गुमाएको कांग्रेसले उपाध्यक्षमा भने विजयी भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र रहेको सप्तरीमा जनता समाजवादी पार्टीलाई नराम्रो धक्का लागेको छ । जसपाले यसपटक दुई पालिका प्रमुख र एक गाउँपालिका अध्यक्षमा चित्त बुझाउनुपरेको छ । राजविराज र बोदे बर्साइन नगरपालिकाको प्रमुख, उपप्रमुख तथा विष्णुपुर गाउँपालिकाको अध्यक्ष जितेको जसपाले राजगढ गाउँपालिका तथा खडक र हनुमाननगर कंकालिनी नगरपालिकाको उपप्रमुखमा मात्र जितेको छ । वडामा भने सबैभन्दा बढी ४६ वडाध्यक्ष पदमा जसपा विजयी भएको छ ।
अघिल्ला स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले सप्तरीको बोदे बर्साइन र खडग नगरपालिका तथा तिरहुत, महादेवा र बलान बिहुल गाउँपालिका जितेको थियो । तीमध्ये बोदे बर्साइनमा जसपाले जित कायम राखेको छ । अघिल्लो निर्वाचनमा छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष जितेको तत्कालीन नयाँ शक्ति पार्टी जसपामै समायोजन भएको थियो । त्यहाँ अहिले लोसपाले जितेको छ ।
तत्कालीन संघीय समाजवादी फोरम र राजपा मिलेर बनेको जसपा केही वर्षमा फुटेर जसपा र लोसपामा विभाजन भएको थियो ।
जसपा र लोसपा बनेपछि फोरमबाट निर्वाचित पदाधिकारी जसपामै रहेका थिए । राजपाबाट निर्वाचित पाँच पालिका प्रमुखमध्ये रूपनी गाउँपालिका तथा राजविराज, डाक्नेश्वरी र हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख जसपामै बसे । राजपाबाट निर्वाचित चारपालिकामध्ये तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्षले मात्र लोसपा रोजे । यी सबै समायोजनका कारण निर्वाचनपूर्व सप्तरीमा १८ मध्ये जसपाको १० स्थानीय तहमा नेतृत्व थियो । मनोनयनकै दिन राजविराजका नगरप्रमुख शम्भुप्रसाद यादव माओवादी प्रवेश गरेर उम्मेदवारी दिनुभए पनि जसपाले जित हासिल गरेको छ ।
यसैगरी विष्णुपुर गाउँपालिकाको अध्यक्षमा यसअघि कांग्रेसले जितेकामा अहिले जसपा निर्वाचित भएको छ । बोदे बर्साइन नगरपालिकामा पुरानो विरासत जोगाउन जसपा सफल भएको छ । त्यसबाहेक जसपाले अन्य पालिकाको नेतृत्व गुमाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरीको क्षेत्र नम्बर २ मा रहेको चार पालिकामध्ये जसपाले तीन वटामा हार बेहोरेको छ ।
महादेवा र छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपा तथा तिलाठी कोइलाडीको अध्यक्ष, उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । जिल्ला र प्रदेशस्तरमा नेताहरूले पार्टीकै उम्मेदवारको विरोध गरेर अन्तर्घात गरेकाले जसपाले धेरै सिट गुमाउनुपरेको बताउँदै जसपाका युवा नेता तारकेश्वर यादवले त्यस्ता व्यक्तिले तुरुन्तै राजीनामा दिनुपर्नेमा जोड दिए । अघिल्लो निर्वाचनमा सप्तकोसी र कञ्चनरूप नगरपालिकाको प्रमुखमा जितेको एमालेले यसपटक ती दुवै पालिका जोगाउन नसके पनि यसअघि नजितेको तीन पालिकामा जित हासिल गरेको छ ।
एमालेले कांग्रेसले जितेका अग्निसाइर कृष्णसवरन र राजगढ गाउँपालिकाको प्रमुख जित्नुका साथै जसपाले जितेको डाक्नेश्वरी नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा पनि जितेको छ । जसपा र कांग्रेसपछि एमालेले आफ्ना २४ जनालाई वडा अध्यक्षमा निर्वाचित गराउन सफल भएको छ । जिल्लाको पाँच वटा पालिका जितेको तत्कालीन राजपा यसपटक तीन वटा गाउँपालिको अध्यक्षमा सीमित भएको छ । महादेवा, रूपनीमा अध्यक्ष र उपाध्यक्ष जितेको राजपाले छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष मात्र जितेको छ ।
पार्टी एकता र विभाजनपछि पाँचमध्ये चार वटा पालिका प्रमुख जसपातिर लागे पनि प्रमुख पदमा जसपा जत्तिकै जित हासिल भएको राजपाका जिल्लाअध्यक्ष सुनिल झा बताउँछन् । लोसपाले आफ्नो नेतृत्वमा रहेको तिलाठी कोइलाडी गाउँपालिका जोगाउन नसके पनि जिल्लाका तीन गाउँपालिकाको अध्यक्ष र दुई उपाध्यक्ष जितेको छ । महादेवा र रूपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार विजयी भएका छन् । लोसपा जिल्लामा १२ वडाध्यक्षमा मात्र जित्न सफल भएको छ ।
पहिलो पटक निर्वाचनमा भाग लिएको सिके राउत नेतृत्वको जनमत पार्टीले जिल्लाको बलान बिहुल गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख जितेको छ । सिके राउतको गृहपालिका महादेवाको वडा २ जनमत पार्टीले जितेको छ भने गाउँपालिकामा बहुमतका साथ लोसपाले जितेको छ । जसपाले सुरक्षित पालिका मान्दै आएको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पद जनमत पार्टीले खोसेको छ । पूर्व नगर प्रमुख हुनुभएको छ । यस्तै जसपाकै अध्यक्ष र उपाध्यक्ष रहेको बलानबिहुल गाउँपालिकामा एउटा वडा अध्यक्षमा जसपा समेटिएको छ । जसपाबाट अध्यक्ष र उपाध्यक्ष दुवै पद यसपटक जनमत पार्टीले खोसेको छ । जनमत पार्टीले जिल्लाका सात वटा वडाध्यक्षसमेत जितेको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लामा एउटै पालिका प्रमुख र उपप्रमुख जित्न नसकेको नेकपा (माओवादी केन्द्र) ले यसपटक खडक नगरपालिकाको प्रमुख र छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष जित्न सफल भएको छ । नेकपा (एकीकृत समाजवादी) सँगको गठबन्धनमा माओवादीले खडग नगरपालिकाको प्रमुख जितेको हो । गठबन्धनमा रहेको समाजवादीका उपप्रमुख उम्मेदवार खडक नगरपालिकामा प्रमुखभन्दा आधा मत मात्र पाएर तेस्रो स्थानमा सीमित भएका छन् । माओवादीले जिल्लाको २० वटा वडामा जितेको छ ।
समाजवादीले शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ । उक्त दलले शम्भुनाथ नगरपालिकामा पाँच, सुरुंगा नगरपालिकामा चार, खडक नगरपालिकामा दुई, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिकामा एक/एक वडाध्यक्ष जितेको छ । राप्रपाले राजविराज नगरपालिकाको वडा नम्बर १३ मा त्रिलोकीनाथ चौधरीलाई वडाध्यक्षमा जिताउन सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार