इन्धन आयात निजी क्षेत्रलाई दिन पौडेलको नेतृत्वमा सरकारले बनायो अध्ययन कार्यदल
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार २१:३१:२०
१० जेठ, काठमाडौं । चौतर्फि विरोध भइरहेका बेला अन्ततः सरकारले इन्धन आयातको जिम्मा निजि क्षेत्रलाई दिने प्रक्रियाका लागि अध्यायन कार्यदल गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदले कार्यदल बनाउने निर्णय गरेको हो ।
पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा अध्ययन गर्न कार्यदल बनाएको एक मन्त्रीले जानकारी दिए । मन्त्रालयले प्रस्ताव गरेपछि मंगलबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको नेतृत्वमा अध्ययन कार्यदल बनाउने निर्णय गरेको हो ।
समितिले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रको प्रवेश गराउने विषयमा अध्ययन गरी सुझाव पेस गर्नेछ । अहिले देखिएको पेट्रोलियम समस्या समाधानका विषयमा पनि अध्ययन गर्ने बताइएको कार्यदलमा नेपाल आयल निगमका कार्यकारी निर्देशक पनि सदस्य रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार