स्थानीय निर्वाचनले लोकतन्त्रलाई जगैबाट बलियो बनाएको छः राष्ट्रपति भण्डारी
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार २२:२७:३४
१० जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, स्वतन्त्र शान्तिपूर्ण वातावरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएको र यसले लोकतन्त्रको जगलाई बलियो बनाएको बताएकी छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले आवधिक निर्वाचनले लोकतन्त्रलाई जगैबाट बलियो बनाएको बताइन् ।
उनले आवधिक रूपमा लोकतान्त्रिक संस्थाहरूको निर्वाचन गर्ने कार्य चुनौतीपूर्ण हुने गरेको भन्दै सबै खाले संशय र भ्रमका बाबजुद निर्वाचन सम्पन गराउन सकेकोमा सरकारले सन्तुष्टि महसुस गरेको बताइन् ।
उनले भनिन्,‘स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोग, सहयोग पु¥याउने सुरक्षा निकाय तथा यसमा संलग्न राजनीतिक दल संघ संस्था तथा आम नागरिक सबैप्रति सरकार आभार व्यक्त गर्दछ ।’
राष्ट्रपति भण्डारीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताअनुसारको काम अघि बढेको जानकारी दिएकी छन् । उनले एमसीसी सम्झौताअनुसार विद्युत् प्रशारण लाइनको काम अघि बढेको जानकारी दिइन् । १० महिनासम्ममा थप ६३८ मेगावट विद्युत् उत्पादन भएको उनले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार