नागरिकको दैनिकीसँग जोडिएका समस्या समाधान गर्दै अघि बढ्छु : नवनिर्वाचित मेयर सिंह
आबिद हुसेन
जेठ १०, २०७९ बुधबार ०:१२:०
१० जेठ, काठमाडाैं । बीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित राजेशमान सिंहले आफूले नागरिकको दैनिकीसँग जोडिएका समस्या समाधान गर्दै नगर व्यवस्थित बनाउने गरी काम अघि बढाउने प्रतिबद्धता दोहो¥याएका छन् ।
मेयरमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले नागरिकको जनजीविकासँग जोडिएका मुद्धालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।
बी
रगञ्ज फोहोर व्यवस्थापन, कर संकलन, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सम्बन्धित विज्ञको सुझाव र आफूहरुको घोषणापत्र अनुसार काम गरिने पनि बताए ।
विजयी भएसँगै सञ्चारकर्मीसँग प्रतिकृया दिँदै उनले महानगरमा परिवर्तनको आभाष दिलाउने गरी काम गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।
महानगरका विपन्न, अल्पसंख्यक परिवारलाई न्यूनतम विद्युत शुल्क मिनाहा गर्ने लक्ष्य रहेको पनि उनले बताए । प्रमाणपत्र ग्रहण गरेसँगै मेयरमा निर्वाचित सिंहले घण्टाघरमा रहेको मधेसी सहिदको शालिकमा माल्यार्पण गरेका थिए ।
सिंह नेकपा एमालेका मेयरका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।
मेयरमा विजयी सिंहले ४६ हजार २ सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका छन् । यस्तै मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३ हजार ३ सय १३ मत पाएका छन् ।
यस्तै महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेद्वार इम्तियाज आलम विजयी भएका छन् । उनी नेपाली कांग्रेसबाट गठबन्धनको साझा उपमेयरको उम्मेद्वार बनेका थिए । उनले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपकठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार