पालिका चुनावमा खुम्चियो महिला नेतृत्व
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १२:३६:१
११ जेठ, काठमाडौं । पालिका चुनावमा महिला नेतृत्व खुम्चिएकाे छ । गत वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको निर्वाचनमा दलहरूबीचको चुनावी तालमेलका कारण महिला स्थानीय तहमा चुनिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरबाट वञ्चित भएको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको हाे ।
मकवानपुरमा ठूला दलले निर्वाचनमा तालमेल गर्दा महिलालाई भन्दा पुरुषलाई प्राथमिकतामा राखेर भागबण्डा लगाएका कारण स्थानीय तहको प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष भएर नेतृत्व गर्ने अवसर गुमेको समाचारमा उल्लेख गरिएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ दलले उम्मेदवार बनाउँदा नै महिलालाई वञ्चित गरेका कारण पनि महिला नेतृत्वमा पुग्ने अवसर खुम्चिएको छ ।
स्थानीय तह निर्वाचनमा नौ जना महिला नेतृ उपप्रमुख र उपाध्यक्षमा निर्वाचित हुँदै नेतृत्वदायी भूमिकामा पुगेका थिए तर यो पटक पालिका प्रमुख र उपाध्यक्षमा गरी चार जना महिलामा सीमित भएको छ ।
१० स्थानीय तह रहेको मकवानपुरमा यस पटक नेकपा एमालेले बकैया गाउँपालिकामा अध्यक्ष, हेटौँडा उपमहानगर पालिका र थाहा नगर पालिकामा उपप्रमुख तथा बाँकी सात गाउँपालिकामा उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएको थियो ।
नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच नौ वटा पालिकामा चुनावी गठबन्धन भएपनि हेटौँडा उपमहानगर पालिकामा प्रमुख र तीनवटा पालिकामा मात्र उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा गएका थिए । यो समाचार गोरखापत्र दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार