पाठ्यपुस्तक आपूर्ति नहुँदा पठनपाठन प्रभावित
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १७:३९:०
११ जेठ, म्याग्दी । नयाँ शैक्षिकसत्र सुरु भए पनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत भएका अन्य कक्षाका विद्यार्थीले पुराना पुस्तक पढ्ने गरेका छन् ।
बेनी नगरपालिका–८ कालीपुलको बालमन्दिर आधारभूत विद्यालयको कक्षा ७ का विद्यार्थी सुरेन्द्र परियारले पुस्तक नहुँदा शिक्षकलाई पढाउन, आफूहरूलाई बुझ्न र गृहकार्य गर्न समस्या भएको बताए । “किताब नहुँदा अप्ठ्यारो भएको छ,” बालमन्दिर आधारभूतको कक्षा ७ की विद्यार्थी पुष्पा केसीले भनिन्, “सर-मिसले पढाएको बुझ्न र दिएको गृहकार्य गर्न समस्या भएको छ ।” कक्षा ४ र ७ को पाठ्यक्रम यस वर्षदेखि परिवर्तन भएको छ ।
पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीलाई पुराना पुस्तक उपलब्ध गराइएको छ । उपल्लो कक्षामा गएका विद्यार्थीले प्रयोग गरेको पुस्तक फिर्ता मागेर उपलब्ध गराइएकाे हाे । गाता नभएका, केरमेट भएका र च्यातिएका पुराना पुस्तक पढ्न असजिलो भएको विद्यार्थी इन्द्रबहादुर भण्डारीले गुनासाे गरे ।
नयाँ पुस्तक नआउँदा पढाउन समस्या भएको बालमन्दिर आधारभूत विद्यालयका शिक्षिक गीता सुवेदीले बताइन् । “पाठ्यक्रम यथावत रहेको कक्षामा पुराना पुस्तकबाट काम चलाएका छौँ,” उनले भनिन्, “फेरिएको पाठ्यक्रम अनुसारको नयाँ पुस्तक नहुँदा पाठ अघि बढाउन सकिएको छैन ।”
२ सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा एउटा कक्षाका लागि १ हजार ७ सयदेखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । पुस्तक खरिदका लागि म्याग्दीमा वार्षिक रु. १ करोड १२ लाखभन्दा बढी बजेट खर्च हुन्छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागज अभावको कारण देखाएर पुस्तक छाप्न ढिलाइ गरेको जानकारी दिए ।
“मतपत्र छपाउँदा पुस्तक छाप्न ढिलाइ भएको कारण देखाइए पनि कागज अभावले पुस्तक छपाइलाई प्रभावित बनाएको हो,” उनले भने, “न्यून संख्यामा छापिएका पुस्तकको वितरण पनि व्यवस्थित छैन ।” जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरास्थित कार्यालयले मंगलबार आयोजना गरेको वितरकहरूसँगको बैठकले आएका पुस्तक प्रदेशभरका जिल्लामा दामासाहीका दरले वितरण गर्ने निर्णय गरेको छ ।
“कक्षा ६ को ३४ हजार पुस्तक आवश्यक पर्नेमा अहिले चार हजार मात्र आएको छ,” महासंघका प्रदेश अध्यक्ष गौतमले भने, “पूरा सेटमा पुस्तक नआएको र भएको पुस्तक पनि वितरण व्यवस्थित नहुँदा समस्या हुने देखिन्छ ।”
पुस्तक व्यवसायी तथा वितरकहरूका अनुसार निजी विद्यालयको कक्षा ४, ७ र ९ को पनि पूरा पुस्तक आएको छैन । यसअघिका वर्षमा शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हात–हातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो । म्याग्दीका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट ल्याएको पुस्तक बेनीमा बिक्री केन्द्र राखेर विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार