राजापुर नगरपालिकाकाे पहिलाे निर्णय : शिक्षक र कर्मचारीलाई दलको आबद्धता त्याग्न निर्देशन
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १७:४९:३२
११ जेठ, काठमाडाैं । बर्दियाको राजापुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी भएकी छिन् ।
पहिलाे निर्णय शिक्षक र कर्मचारीलाई ७ दिनभित्र दलको आबद्धता त्याग्न मंगलबार राजापुर नगरपालिकाको बैठकले उक्त निर्णय गरेको हो । नगर प्रमुख दिपेश थारुले प्रचलित शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६(ङ)को उपदफा ५ को(६) को व्यवस्था उल्लंघन गरी राजनैतिक दलमा संलग्न रहेको पाइएकोले सात दिन भित्र उक्त पद छाड्न निर्देशन दिएको बताएका छन् । ‘उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र पालिकामा पेस गर्न निर्देशन जारी गरेका छौँ,’उनले भने‘कसैले पालिकाको नियम अटेर गरे कारबाहीका लागि सम्बन्धित निकायमा पत्रचार गर्नेछौँ ।’
थारू नौ हजार ८०७ मत प्राप्त गरी विजयी भएका हुन् । भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगेसका दीपकजङ्ग शाहले नौ हजार ७६०, नेकपा (एमाले)का पहारी चौधरीले ६ हजार ७२, नागरिक उन्मुक्ति पार्टीका रामगोपाल चौधरीले एक हजार ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका राममणि उपाध्यायले ५९४, स्वतन्त्र उम्मेदवार मोहनलाल चौधरीले ३१८ र राष्ट्रिय जनमोर्चाका शिवलाल उपाध्यायले १७ मत ल्याएका हुन् ।
यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी चौधरी १० हजार ८६ मत प्राप्त गरी विजयी भएकी छिन् । भने प्रतिद्वन्द्वी कांगेसकी यशोदा थारूले १० हजार ४५ मत, एमालेका सावित्री शर्मा बख्रेलले पाँच ४२२, नागरिक उन्मुक्ति पार्टीका सङ्गीता चौधरीले १२९७, राप्रपाका सम्झना उपाध्यायले ६०५ र राजमोका सुमित्रा सुनार्नीले १२ पाएका छन् ।
माओवादी केन्द्रले वडा नं ३, ४, ५, ६, ८ र १० मा वडाध्यक्ष जितेको छ । वडा नं १ मा कांग्रेसका बाबुराम चौधरी, वडा नं २ मा काग्रेसकै रामचन्द्र चौधरी, वडा नं ३ मा माओवादी केन्द्रका प्रसादु थारू, ४ मा माओवादी केन्द्रकै विदुर पोखरेल, वडा नं ५ मा स्वतन्त्रबाट रमेश चौधरी र ६ मा माओवादी केन्द्रका असराज न्यौपाने वडाध्यक्षमा विजयी भएका छन् ।
त्यसैगरी वडा नं ७ मा एमालेका रामु थारू, ८ मा माओवादी केन्द्रका राजेश थारू, ९ मा कांग्रेसका विष्णुप्रसाद थारू र वडा नं १० मा माओवादी केन्द्रका शिवलाल थारू वडाध्यक्षमा विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार