चलचित्र ‘दोख’ को रिलिज मिति घोषणा
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १७:४१:२२
११ जेठ, काठमाडौं । रंगकर्मी, अभिनेता तथा निर्देशक अनुप बरालको निर्देशनमा तयार भएको फिल्म ‘दोख’ को रिलिज मिति घोषणा गरिएको छ । केहि समयअघि निर्माण सकेर प्रदर्शनको पर्खाईमा रहेको फिल्म आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
निर्देशक बरालका अनुसार फिल्मले सामुदायिक वनको मुद्धालाई लिएर दुई गाउँबीचको किचलोलाई देखाएको छ । ‘झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्छ । फिल्मले सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाएको छ । यसको कालखण्ड भने माओवादी द्वन्द्वताकाकै हो । सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरुले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्’, अनुप भन्छन् ।
उनका अनुसार वनको स्वामित्व आफ्नो बनाउन खेलाइएको फुटबल खेलको विजेताले स्वामित्व ग्रहण गर्छन् । निर्माता मनोज अधिकारीले फिल्मको टिजर चाँडै सार्वजनिक गरिने बताए । फिल्ममा दिया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगरलगायतका कलाकारको अभिनय छ । शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा राजन कठैतको लेखन, आभास र पुष्प संगमको संगीत छ ।
फिल्ममा सविन ज्ञवाली र मनोज अधिकारी निर्माता तथा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माता छन् । फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दीपक खनाल, युवराज भट्टराई रहेका छन् । फिल्मको वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार