उम्मेदवार छनोटमा भएको त्रुटिबारे कांग्रेसभित्र समीक्षा
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १७:४४:०
११ जेठ, महोत्तरी । नेपाली कांग्रेस मधेश प्रदेशमा स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटमा भएको कमिकमजोरी र त्रुटिबारे समीक्षा हुन थालेको छ । विशेषगरी पार्टीबाट टिकट नपाएपछि बागी (स्वतन्त्र) रुपमा उम्मेदवारी दिएका निर्वाचित भएपछि कांग्रेस मधेश प्रदेशमा उम्मेदवार छनोटमा भएको त्रुटिबारे समीक्षा गरिन थालिएको हो ।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टीभित्रैबाट वागी बनेका जनकपुरधाम उपमहानगरपालिकाका मनोज साह सुडी र बर्दिबास नगरपालिकाका प्रल्हाद क्षेत्रीले लोकप्रिय मत ल्याएर विजयी भएपछि कांग्रेस मधेश प्रदेशमा समीक्षा सुरु भएको हो ।
मनोनयन दर्ताको अन्तिम दिन क्षेत्रीको टिकट केन्द्रबाट हस्तक्षेप गर्दै खोसिएको थियो भने जनकपुरधाममा साहको चर्चा हुँदाहुँदै सत्ता गठबन्धन दलले जसपाबाट लालकिशोर झालाइ टिकट दिएको थियो ।
जनकपुरधाम उपमहानगरपालिकामा घण्टा घर चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा होमिएका साहले निकटतम प्रतिद्वन्द्वीलाइ ४ हजार ३० मतले पराजित गरे । निकटतम प्रतिद्वन्द्वी एमालेका शिवशंकर साहले ९ हजार ५३२ मत ल्याए भने मनोज साहले १३४६५ मतसहित फराकिलो मतान्तरले विजयी भए ।
सत्ता गठबन्धनका साझा उम्मेदवार लालकिसोर झा चौथो नम्बरमा खुम्चिनु प¥यो भने एमाले, लोसपा क्रमशः दोस्रो र तेस्रो बने । उपमहानगरपालिकामा मनोज साह जस्तै बागी र स्वतन्त्र गरी २६ जनाले उम्मेदवारी दिएका थिए ।
त्यस्तै बर्दिबास नगरपालिकामा पनि चुनावी मतपरिणाम निकै रोचक बन्यो । कांग्रेसले गरेको टिकट वितरणप्रति असन्तुष्टि जनाउदै बागी उम्मेदवार बनाएर कांग्रेसको असन्न्तुष्ट समूह चुनावी मैदानमा होमियो ।
टिकटको चर्चा र जनाधार प्रल्हाद क्षेत्रीको पक्षमा हुँदाहुँदै चिरञ्जीवी हमाललाई टिकट थमाएको आरोप लगाउदै कांग्रेस नगरकमिटीका सभापतिसहित नेता कार्यकर्ता प्रल्हाद क्षेत्रीको पक्षमा उभिए ।
जसको परिणामस्वरूप क्षेत्रीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । निकै लोकप्रिय मतसहित विजयी भएका क्षेत्रीले आफूमात्र विजयी भएनन्, प्यानललाइ नै विजयी गराए ।
चारवटा वडा, उपमेयरसहित विजयी भएका क्षेत्रीले माओवादी केन्द्रलाइ ५ हजार ८८७ को फराकिलो मतान्तरले पराजित गरे । माओवादी केन्द्रवाट उम्मेदवार बनेका राजु खडकाले ८ हजार ३२३ मत ल्याए भने प्रल्हाद क्षेत्रीले १४ हजार २१० मत ल्याएर विजयी भए ।
क्षेत्रीले बर्दिबास नगरपालिकामा २० वर्षदेखि एकल राज गर्दै आएको माओवादी केन्द्रलाइ मात्र विस्थापन मात्र गराएनन, कांग्रेसका आफ्नै आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालको जमानत जफतसमेत गराए । चिरञ्जीवी हमालले १२६३ मतमा नै सीमित बन्नुपर्याे ।
जनता र कार्यकर्ताको भावनाविपरीत पार्टीले टिकट दिँदा आधिकारिक टिकट उम्मेदवार पराजित र बागी निर्वाचित भएपछि कांग्रेस मधेश प्रदेशभित्र उम्मेदवार छनोटमा भएको कमिकमजोरीबारे समीक्षा हुन थालेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार