शिक्षा, स्वास्थ्य, कृषि र प्राकृतिक सम्पदाको संरक्षण नयाँ प्रतिनिधिका प्राथमिकता
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १८:९:५०
♦ गोपालप्रसाद बराल
११ जेठ, महोत्तरी । निर्वाचन परिणामपछि शपथ लिएर पद बहाली गर्दा यहाँका स्थानीय तहका प्रतिनिधिले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास आफ्ना प्राथमिकता हुने बताएका छन् । समृद्धिका लागि शिक्षा, स्वास्थ्यमा सबैको पहुँच र पूर्वाधार विकास अपरिहार्य भएको हुँदा आफ्नो कार्यकालमा यी विषयले प्राथमिकता पाउने नवनिर्वाचित जनप्रतिनिधिले बताएका हुन् ।
“आम जनताका छोराछोरी पढ्ने सामुदायिक विद्यालय रुग्ण हालतमा छन्, यिनको भौतिक व्यवस्थापन र गुणस्तरीय पठनपाठन पहिलो प्राथमिकतामा पर्छ,” जिल्ला सदरमुकाम रहेको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह भन्छन्, “स्वास्थ्य सेवामा घरघरको पहुँच बढाउन र अत्यन्त नाजुक अवस्थामा रहेको नगरको सरसफाइ व्यवस्थापनमा वैज्ञानिक विधि अवलम्बन आवश्यक छ ।” प्रमुख साहले भने जस्तै जिल्लाका सबैजसो नगरपालिकामा सरसफाइ व्यवस्थापन चुनौतीका रूपमा देखिन्छ ।
जलेश्वर जस्तै जिल्लाका अधिकांश स्थानीय तहमा देखिने समस्या र सम्बोधन हुुनुपर्ने क्षेत्र करिब समान छन् । “शिक्षा, स्वास्थ्य सेवाको पहुँच बढाउने कुरा प्राथमिकतामा छँदै छ, हाम्रो नगर प्राचीनकालदेखि धार्मिकस्थल रहँदै आएको ठाउँ हो, अनि नगदे तरकारीबाली उत्पादनमा अग्रणी पनि छ,” मटिहानीमा दोस्रोपटक निर्वाचित नगरप्रमुख हरिप्रसाद मण्डल भन्छन्, “यिनको विकासका लागि पहिलो कार्यकालमा प्रारम्भिक जग बसाल्ने काम भएका छन्, अब हामी यस्ता कामको थप स्तरोन्नति गर्नेछौँ ।”
जिल्लाको दक्षिणी भेगको भारतीय सीमाक्षेत्रसँग जोडिएको सोनमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विश्वेश्वर यादव आफ्नो ठाउँमा शिक्षाको अवस्था निकै खस्केको बताउँछन् । “हामीकहाँ सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त छ, हुनेखानेले त बाहिर लगेर आफ्ना नानी पढाउँदै छन्, आम गरिबका छोराछोरी पढ्ने विद्यालयको व्यवस्थापन हाम्रा लागि प्रारम्भिक महत्त्वका छन्,” उनले भने, “यसबाहेक स्वास्थ्य सेवाको पहुँच वृद्धि र कृषिको आधुनिकीकरणका काम हाम्रा महत्त्वका हुनेछन् ।”
“महोत्तरीका सबैजसो नदीका उद्गमस्थल बर्दिबास नगरक्षेत्रकै पहाडी खोंच हुन्, यिनमा खलबल पुग्नासाथ जिल्लाका सबै भेग प्रभावित हुन्छन्”, भंगाहा–७ मेघरोलका बासिन्दा चुरे जलाधारक्षेत्र विज्ञ डा विजयकुमार सिंह भन्छन्, “अनियन्त्रित उत्खननको नियन्त्रण, सम्पदाको संरक्षण र उपयोगको वैज्ञानिक विधि अवलम्बन गरिनासाथ यसको सकारात्मक प्रभाव जिल्लाभरि नै पर्नेछ ।”
कृषि नै जीवनको मूलआधार भएको हुँदा समृद्धिका लागि कृषिक्षेत्रको विकास आवश्यक हुने यादवको ठहर छ । यसका लागि सिँचाइ, मलखाद, बीउ र उत्पादित कृषि उपज बिक्री वितरणको व्यवस्थापन गर्नसक्नु पर्ने यादव बताउँछन् । जिल्लाको मध्य र सुदूरदक्षिणी भेगका स्थानीय तहभन्दा सुदूर उत्तरको बर्दिबासका प्राथमिकता अलि फरक छन् । वनक्षेत्र, खोल्साखोल्सी, जलाधारक्षेत्र, पाखापर्वत श्रेणी र नदीका उद्गमस्थल भएको हुँदा यहाँको प्राथकितामा प्राकृतिक सम्पदाको संरक्षण महत्त्वपूर्ण पाटो हुने नवनिर्वाचित प्रतिनिधिको भनाइ छ ।
“बर्दिबासलाई मुलुककै शैक्षिक हब (केन्द्र) बनाउने लक्ष्यसाथ यसअघि थालिएका काम अझ व्यवस्थित गरिनेछन्,” नवनिर्वाचित नगरप्रमुख प्रल्हाद क्षत्री भन्छन्, “यसबाहेक फोहर व्यवस्थापनको काम पनि चुनौतीपूर्ण छ ।” यद्यपि अपार प्राकृतिक सम्पदाको भण्डार रहेको आफ्नो नगरमा यिनको संरक्षण एवं उपयोगको नीति र विधि बनाउने, कार्यान्वयन गर्ने र यसको अनुगमनको प्रभावकारी संयन्त्र निर्माणको पक्ष सबैभन्दा महत्त्वको विषय रहेको क्षत्रीको भनाइ छ ।
बर्दिबास नगरपालिका क्षेत्रका नदीनाला, पहाडी टाकुरा र नदी उकास क्षेत्रमा अनियन्त्रित दोहन निकै बढेको गुनासो अघिदेखि नै छ । यस्ता सम्पदाको उत्खनन गर्ने र बालुढुंगा अवैध निर्यात गर्ने व्यवसाय फस्टाएपछि प्राकृतिक सन्तुलन खलबलिएर बाढीबाट कटान र डुबानको समस्या झेल्नु परेको बुद्धिजीवीको मत छ ।
नियमन निकायलाई समेत प्रभावमा पारेर यो व्यवसायका सञ्चालकले प्रभाव जमाइरहेको आम गुनासो छ । अब नवनिर्वाचित जनप्रतिनिधिले यो जालो च्यातेर प्राकृतिक सम्पदाको संरक्षणमा प्रभावकारी काम गर्ने आम जनताले आशा सँगालेका छन् ।
“महोत्तरीका सबैजसो नदीका उद्गमस्थल बर्दिबास नगरक्षेत्रकै पहाडी खोंच हुन्, यिनमा खलबल पुग्नासाथ जिल्लाका सबै भेग प्रभावित हुन्छन्”, भंगाहा–७ मेघरोलका बासिन्दा चुरे जलाधारक्षेत्र विज्ञ डा विजयकुमार सिंह भन्छन्, “अनियन्त्रित उत्खननको नियन्त्रण, सम्पदाको संरक्षण र उपयोगको वैज्ञानिक विधि अवलम्बन गरिनासाथ यसको सकारात्मक प्रभाव जिल्लाभरि नै पर्नेछ ।” यो चुनौती बर्दिबासका नवनिर्वाचित प्रतिनिधिले नै चिर्न सक्नुपर्ने डा सिंहको भनाइ छ ।
डा. सिंहले भनेजस्तै चुनाव प्रचारकै क्रममा नवनिर्वाचित प्रमुख क्षत्रीले प्राकृतिक सम्पदाको संरक्षण र अनियन्त्रित उत्खनन रोक्ने प्रतिबद्धता जनाउनुभएको नगरवासीले सम्झिरहेका छन् । “उनी (क्षत्री) ले चुनाव प्रचारकै क्रममा अवैध क्रसर उद्योग हटाउने र यहाँका प्राकृतिक सम्पदामा हुँदै आएको अनियन्त्रित दोहन रोक्ने प्रतिबद्धता जनाएको छ,” पेसाले सञ्चारकर्मी बर्दिबास–९ पशुपतिनगरका बासिन्दा २५ वर्षीय युवा ललन मण्डल भन्छन्, “हामी त्यो प्रतिबद्धता कार्यान्वयन हुने कुरामा आशावादी छौँ ।”
जिल्लामा पर्ने पूरै पहाडीक्षेत्र बर्दिबास नगरमै पर्ने भएको हुँदा यहाँका प्राकृतिक सम्पदाबारे जिल्लाभरि नै चासो हुन्छ । यो जिल्लाभरिको चासो सम्बोधनको अवसर बर्दिबासका प्रतिनिधिले पाएका र यसको कुशल व्यवस्थापन हुनेमा विश्वास पलाउँदै गएको जलेश्वर–६ बखरीका बासिन्दा पूर्वप्रशासक नेपाल सरकारका सेवानिवृत महेश्वर राय बताउँछन् ।
जिल्लाका बर्दिबास, गौशाला, भंगाहा र औरही नगरपालिका क्षेत्रका नदी, नदी उकास जग्गामा अहिले पनि ५० भन्दा बढी अवैध रूपले सञ्चालन गरिएका क्रसर उद्योग छन् । नियमन निकायलाई समेत प्रभावमा पारेर यो व्यवसायका सञ्चालकले प्रभाव जमाइरहेको आम गुनासो छ । अब नवनिर्वाचित जनप्रतिनिधिले यो जालो च्यातेर प्राकृतिक सम्पदाको संरक्षणमा प्रभावकारी काम गर्ने आम जनताले आशा सँगालेका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार