म्याग्दीका तीन बस्ती जोखिममा, स्थानीयवासी त्रसित
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १८:१:५१
११ जेठ, गलेश्वर । म्याग्दी र कालीगण्डकी नदी कटानका कारण उच्च जोखिममा रहेका म्याग्दीका तीन बस्ती संरक्षणका लागि बर्खा लागिसक्दा पनि तटबन्धनको काम सुरुआत हुन सकेको छैन । तटबन्धन थालनी नहुँदा सम्भावित जोखिमका कारण स्थानीयवासी त्रसित बनेका छन् ।
म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा रहेको बेनी नगरपालिका–४ मा पर्ने सिंगा तातोपानी, बेनी नगरपालिका–२ को बगरफाँट र कालीगण्डकी नदीको कटानका कारण उच्च जोखिममा रहेको उत्तरी म्याग्दीको भुरुङ तातोपानी बस्ती संरक्षणका लागि अझैसम्म पनि काम सुरु नभएपछि स्थानीयवासी त्रसित बनेका हुन् ।
म्याग्दी नदीमा आएको बाढीको कटानले बेनी नगरपालिका–४ स्थित उपल्लो तातोपानी बजार उच्च जोखिममा परेका छन् । साथै खेतीयोग्य जमिन पनि नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि पनि उच्च जोखिममा परेका स्थानीय व्यवसायी वीरेन्द्रमान शाक्यले बताए।
नदीको कटानका कारण स्थानीयवासीको करिब १६ रोपनी बढी खेतीयोग्य जमिन बगाएको छ । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि स्थानीयवासी त्रासमा बस्न बाध्य भएको स्थानीयवासीको गुनासो छ । गत वर्ष भएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढीको कटानले विद्यालयको खाजाघरसमेत बगाएको थियो । विद्यालयको चारकोठे भवन र शौचालय उच्च जोखिममा परेका छन् भने त्यस नजिकै रहेका बस्ती र आमा समूहको भवनसमेत जोखिममा छन् ।
बर्सात कारण नदी कटानको जोखिम नरोकिएकाले त्रासमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले बताउनुभयो । उहाँले बस्ती र विद्यालय संरक्षणका लागि वडा कार्यालय तथा नगरपालिकालाई जानकारी गराएपछि डिपिआरको काम भए पनि बस्ती संरक्षणको काम भने अझै सुरु हुन नसकेको बताए ।
बेनी –४ का निवर्तमान वडाध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार बाढीको कटानले उच्च जोखिममा रहेका मसार बस्तीका १४ घरमध्ये आठ घर विस्थापित भएका छन् । विस्थापित परिवारलाई आफन्तकोमा स्थानान्तरण गरिएको छ ।
यसैगरी कालीगण्डकी नदीको कटानले उत्तरी म्याग्दीको भुरुङ–तातोपानी बजार पनि उच्च जोखिममा छ । मुस्ताङ जाने र फर्कने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकस्थल, प्राकृतिक तातोपानीको कुण्ड र बजार रहेको तातोपानी संरक्षणका लागि नदी किनारमा निर्माण भएको पक्की पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको स्थानीयवासीले बताएका छन् ।
रोकथामको काम प्रभावकारी नहुँदा कालीगण्डकीले निरन्तर बस्तीतर्फ कटान गरिरहेको स्थानीय श्यामबहादुर रानाले बताए ।
यसैगरी म्याग्दी नदी कटानका कारण उच्च जोखिममा रहेको बेनी –२ बगरफाँट र बेनी नगरपालिक–३ दुधेखोलामा पनि नियन्त्रणको काम अझै सुरुआत नहुँदा स्थानीयवासी चिन्तित भएका छन् । कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम सुरु भएको छ तर, म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् ।
“बर्खा लाइसक्यो, तर बस्ती संरक्षणको काम भने अझै सुरु भएको छैन, यो वर्खा कसरी कटाउने हो त्रासमा छौँ”, बगरफाँटका डिलबहादुर घर्तीले बताए । शिरानमा विशाल भिरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको तीव्र कटानका कारण बेनी–२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ । विसं २०५७ देखि सो नदीले कटान गर्न सुरु गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाका समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिदै बग्ने म्याग्दी नदीको कटानबाट बर्सेनि त्रसित हुने गरेका छन् ।
जिल्ला नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने नदीको तीव्र गतिका कारण नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन् । सो नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफलभन्दा बढी खेतीयोग्य जमिन नास भइसकेको र नदी कटानको समस्या अझै विकराल बन्दै गएको स्थानीय नारायण कार्कीले बताए ।
उनका अनुसार बेनी–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित विशाल पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केही मात्रामा भए पनि गाउँ सुरक्षित हुन्छ । पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषिउपजका लागि उर्बर फाँट रहेको बगरफाँट बर्सेनि साँघुरिँदै जान थालेको स्थानीयको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार