‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’को ४६ विधामा मनोनयन सार्वजनिक
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १९:४:५६
११ जेठ, काठमाडौं । नेपाली गीत संगीतको विकाश र श्रष्टाको सम्मानका लागि ग्रेट नटराज फिल्मस् प्रालिको आयोजनामा पहिलो ‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ आयोजना हुने भएको छ ।
‘नेपाली गीत संगीत र संस्कृति संरक्षण हाम्रो अभियान, राष्ट्रिय एकता सहितको हाम्रो पहिचान’ भन्ने नारा सहित आयोजना हुन लागेको यो अवार्ड विभिन्न ४६ विधामा प्रदान गरिने भएको छ । मंगलबार काठमाडौंमा एक समारोहबीच यो अवार्डको मनोनयन सार्वजनिक गरिएको छ ।
साहित्यकार तथा नेकपा माओबादी केन्द्र बागमती प्रदेश इन्चार्ज सरल सहयात्रीको प्रमुख आतिथ्यमा अग्रज पत्रकार शान्तिप्रिय, चलचित्र निर्देशक राजु केसी, म्युजिक भिडियो निर्देशक उज्ज्वल केसी, अभिनेत्री तथा मोडल दिपाशा बिसीलगायतले मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र वितरण गरेका छन् ।
यो अवार्ड आधुनिक, पप, लोक दोहोरी, लोक, भाषाभाषी, राष्ट्रिय गीत जस्ता विभिन्न विधामा प्रदान गरिने भएको छ । जसमा गायक गायिका, संगीतकार, गीतकार, भिडियो निर्देशक, मोडल, छायाँकार, सम्पादक, संगीत संयोजक, बाल कलाकार, मेकअप आर्टिस्ट जस्ता विभिन्न विधामा मनोनयन सार्वजनिक गरिएको हो ।
गीत संगीतको प्रवर्धन गर्ने उदेश्यले अयोजना गर्न लागिएको यस्ता अवार्डले सम्बन्धि श्रष्टालाई थप सृजनामा अझ उर्जा मिल्ने साहित्यकार सरल सहयात्रीले कार्यक्रममा बताए । यो अवार्डको ग्रान्ड फिनाले आगामी २८ जेठमा काठमाडौंको अलफ्ट होटलमा प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अशोक बिकले बताएका छन् ।
आफुहरुले बिगत लामो समय देखि नेपाली गीत संगीत क्षेत्रमा काम गर्दै आएको र संगीत क्षेत्रका अग्रजलाई सम्मान तथा नयाँलाई प्रोत्साहन गर्ने उदेश्यले यो अवार्ड आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष विकले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार