श्रीलंकामा प्रधानमन्त्रीलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १९:४०:६
११ जेठ, एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । देश आर्थिक संकटबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् ।
श्रीलंकाले विदेशी मुद्राको गम्भीर अभाव झेलिरहेकाले छ । फलस्वरूप इन्धन, खाद्यन्नलगायत अत्यावश्यक वस्तुको चरम अभाव देखिएको छ । आर्थिक संकटबीच महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले दुई साताअघि रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
श्रीलंकाका प्रथम कार्यकारी राष्ट्रपति जुनियस जयवर्धनेका भतिजा विक्रमासिंघे राष्ट्रपति रानासिंघे प्रेमदासाको हत्यापछि सन् १९९३–१९९४ सम्म पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।
वकिल हुँदै राजनीतिमा लागेका विक्रमासिंघे ४५ वर्षदेखि संसद् सदस्य छन् । सन् २०२० को अगस्टमा जारी संसदीय निर्वाचनमा लज्जास्पद पराजय चाखेको युनाइटेड नेसनल पार्टी (यूएनपी) का नेता विक्रमासिंघेको दुई वर्षपछि महत्त्वपूर्ण कम ब्याक भएको छ ।
विक्रमासिंघेले आफ्नो साढे चार दशक लामो राजनीतिक करियरमा धेरै महत्त्वपूर्ण पदहरू सम्हालेका छन् । सन् २००१ को आमनिर्वाचनमा युनाइटेड फ्रन्ट गभर्मेन्ट विजयी भएपछि उनी सन् २००१–२००४ सम्म प्रधानमन्त्री बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार