इमरान खानको विरोध प्रदर्शनअघि इस्लामाबाद प्रवेशमा अवरोध
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १९:५७:५९
११ जेठ, एजेन्सी । पूर्वप्रधानमन्त्री इमरान खान र उनका समर्थकहरूको विरोध प्रदर्शनअघि बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकहरू अवरुद्ध पारिएका छन् । गत महिना अविश्वासको प्रस्तावमार्फत हटाइएपछि खानले देशभर विशाल जुलुस आयोजना गरेर नयाँ गठबन्धन सरकारलाई दबाब दिएका छन् ।
ताजा निर्वाचनको माग गर्दै हजारौँ मानिसहरूको नेतृत्व गरेर पूर्वक्रिकेटरसमेत रहेका खानले बुधबार उत्तरपश्चिमी सहर पेसावरमा रहेको आफ्नो पकड क्षेत्रबाट राजधानीतर्फ बढ्ने योजनामा छन् ।
प्रधानमन्त्री शहबाज सरिफको नेतृत्वमा रहेको गठबन्धन सरकारले खानका समर्थकहरूलाई सहरमा प्रवेश गर्नबाट रोक्ने जनाएको छ । सरकारले र्यालीलाई ‘देशलाई विभाजन गर्ने र अराजकता बढाउने प्रयास’ भनेको छ ।
‘कसैलाई पनि राजधानी घेरा हाल्न र आफ्नो सर्तहरू लाद्न दिनु हुँदैन,’ गृहमन्त्री राना सनाउल्लाहले भने । प्रहरीले राजधानी जाने मुख्य राजमार्गहरूमा प्रवेश र निकास बिन्दुहरूमा प्रहरीले रोक लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार