बीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश
आबिद हुसेन
जेठ ११, २०७९ बुधबार २१:२१:५४
११ जेठ, बीरगन्ज । पाँच दलिय गठबन्धनले वीरगन्ज महानगरमा संयुक्त रूपमा विजय जुलुश निकालिएकाे छ । बीरगन्ज महानगरको मेयर र उपमेयरले जितेको खुशीयालीमा गठबन्धनले बुधबार संयुक्त विजय जुलुश निकालेको हो ।
महानगरको मेयरमा गठबन्धनबाट जसपाका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी भएका छन् । बुधबार मध्यान्ह आदर्शनगर रंगशालाबाट शुरु भएको संयुक्त विजय जुलुशले महानगरका वडाहरुको परिक्रमा गरिरहेको छ ।
संयुक्त विजय जुलुशमा नवनिर्वाचित मेयर सिंह , उपमेयर आलम, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , सांसद प्रदीप यादव , कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीका साथै जसपा र कांग्रेसका नेता कार्यकर्ता र समर्थकहरु सहभागी छन् ।
आदर्शनगरबाट शुरु भएको गठबन्धनको विजय जुलुश घडिअर्वा , घन्टाघर, घन्टाघर ,मुर्ली चोक , पावरहाउस चोक गण्डक चोक हुदै परवानिपुर पुगेको छ ।
परवानीपुरबाट जितपुर हुदै वीरगन्ज महानगरको टेढा, सोलाखपुर,मिलनचोक, कट्गेनवा, बेलवाचोकबाट लालपर्सा,जगरनाथपुर, भवानीपुर, मनियारी आएर त्यहाबाट प्रसौनिबिर्ता,सबैठ्वा, रामगढवा ,सिर्सिया, खल्वाटोला, इनरवा पनि पुग्ने छ ।
त्यहाबाट विजय जुलुश नगवा, भेडियाही हुदै लक्षमणवाम चोेकमा पुगेर समापन हुने जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपकठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार