नागरिकलाई सास्ती :ट्राफिक व्यवस्थापन गर्न सरकारी जग्गाको खोजी
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार २२:४१:५८
बलेवा, ११ जेठ । बागलुङ बजारको ट्राफिक व्यवस्थापनका लागि सवारीसाधन पार्किङ गर्न सरकारी जग्गाको खोजी सुरु गरिएको छ । नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आएसँगै बागलुङ बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका निम्ती पहिलो पहल थालिएको छ ।
नगर कार्यपालिकाको मङ्गलबार बसेको दोस्रो बैठकले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनका निम्ती जग्गा खोजी गर्ने निर्णय गरेको छ । बजारमा बढ्दो सवारी साधनको चापले हरेक नागरिकले सास्ती खेप्नुपर्ने भएका कारण नगरपालिकाले पहिलो प्राथमिकता ट्राफिक व्यवस्थापनका निम्ती दिइएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताएका छन् ।
उनका अनुसार जग्गा व्यवस्थापनका निम्ती बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलको संयोजकत्वमा बजार क्षेत्रका वडाध्यक्षसहितको समिति बनाइएको छ । त्यसमा वडा नं १ का वडाध्यक्ष जयबहादुर खत्री, वडा नं ३ का अध्यक्ष सोनी केसी र वडा नं ४ वडाध्यक्ष कुमारविक्रम क्षेत्री सदस्य रहेका छन् ।
समितिले अबका १० दिनभित्र निजी तथा सरकारी जग्गाको अध्ययन गरी आवश्यक प्रतिवेदन पेश गर्नुपर्ने नगरप्रमुख श्रेष्ठले बताए । कार्यपालिका बैठकले विभिन्न विषयगत समिति गठन गरी जिम्मेवारी तोकेको छ । पहिलो चरणमा पाँच विषयगत समिति गठन गरिएको हो ।
नगरपालिकाको आर्थिक विकास समितिको संयोजकमा वडा नं १३ का वडाध्यक्ष नारायण शर्मा पौडेल, सामाजिक विकास समितिको संयोजकमा वडा नं ११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतम, पूर्वाधार विकास समितिको संयोजकमा वडा नं ८ का वडाध्यक्ष छमबहादुर कार्की, वन तथा वातावरण विपद् व्यवस्थापन समितिमा वडा नं ९ का अध्यक्ष राजु थापा र सुसासन तथा संस्थागत विकास समितिको संयोजकमा कुमारविक्रम क्षेत्रीलाई जिम्मेवारी प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट तथा कार्यक्रम तर्जुमाका लागि कार्यतालिकासमेत निर्माण गरेको छ । असार १० गतेसम्म नगरपालिकामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने भएको हुँदा सोही अनुसार बजेट तथा कार्यक्रम तर्जुमाका लागि कार्यतालिका निर्माण गरिएको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिएका छन् ।
कार्यपालिका बैठकले नगर क्षेत्रभित्र नयाँ सडक खोल्नका लागि अति आवश्यकताबाहेक सबै रोक्ने निर्णय गरेको छ । नगरभित्रका सबै वडा र गाउँसम्म सडक सञ्जाल जोडिएको र अब तिनै सडकलाई स्तोरन्नति गर्ने गरी योजना बनाइएको हुँदा नयाँ सडक खोल्ने काम रोक्ने निर्णय गरिएको गौतमले बताएका छन् ।
“नगरभित्र सबै वडाका गाउँगाउँमा सडक पुगेको छ”, गौतमले भने, “कुनै स्थानमा नपुगेको भए वडाले निर्णय गरेपछि मात्र नगरबाट स्वीकृत हुन्छ, नयाँ सडक निर्माण गर्दा मापदण्डअनुसार मात्र निर्माण गरिने छ, इन्जिनियर गएर हेरेपछि मात्र सडक खनिने छ, डोजरको प्रयोग पनि न्यूनीकरण गरिनेछ ।” अहिले भएका सडकको थप व्यवस्थापन गरी नगरभित्र बाह्रै महिना यातायात सञ्चालनका निम्ती नगरपालिकाले यस्तो निर्णय गरेको गौतम भनाइ छ ।
नगर कार्यपालिकाले बागलुङ प्रवेशद्धारका रुपमा रहेको मालढुङ्गामा पुल नजिकै रहेका व्यापारिक होडिङ बोर्डलाई हटाउने र लाइटिङ प्रविधिको डिजिटल होडिङबोड राख्ने निर्णय गरेको छ । त्यसका लागि तत्काल काम अगाडि बढ्ने नगरप्रमुख श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार