उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन : आयुक्त सिलवाल
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार २३:१९:३०
११ जेठ, मनाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले अधिकारलाई सही रुपमा उपयोग गर्नुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा अधिकारको दुरुपयोग गर्ने कार्यको नियन्त्रणमा अख्तियार प्रतिबद्ध रहेको बताएका छन् ।
“उजुरी विभिन्न किसिमका हुन्छन्, स्थानीय तहलाई प्रत्यायोजन भएको अधिकारको सही उपयोग भएको छ वा छैन र अख्तियार दुरुपयोग भएमा सचेत गराउनाका साथै सूक्ष्म रुपमा अनुसन्धान गरी सही बाटोमा ल्याउन सचेत गराउन आवश्यक रहेको छ,” आयुक्त सिलवालले भने । धेरै प्रकारका उजुरी परे पनि सबै दोषी नठहरिने उनको भनाइ छ ।
“हामीले अख्तियारी गर्ने, जनप्रतिनिधिलाई प्रदत्त अधिकारको दुरुपयोग भएको छ वा छैन अनुसन्धान गर्ने हो, दोषी ठहरिएमा कारबाहीको भागिदार हो भनेर प्रमाणित गर्ने जिम्मा अदालतले गर्छ, हामी सहयोगी हौँ,” उनले भने , “भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि सचेत हुनुपर्छ ।” आवश्यक परेको खण्डमा अख्तियारले स्थलगत अनुगमनसमेत गर्ने अधिकार प्राप्त भएको उनले बताएका छन् ।
जिल्ला समन्वय समिति मनाङका प्रमुख यज्ञप्रसाद घलेले सानो जिल्लाको समेत अख्तियारमा उजुरी पर्नु सुखद नभएको बताए । घलेले सानो जिल्ला र थोरै जनसङ्ख्या भए पनि विकास निर्माणका कार्यमा उजुरी परेको जानकारी पाएको बताएका छन् । यसको नियन्त्रणमा जनप्रतिनिधिहरू सचेत भएर भ्रष्टाचारमुक्त मनाङका स्थानीय तह बनाउनतर्फ लाग्नुपर्ने घलेले बताए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव शेरजङ्ग कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका कार्यालय प्रमुख पार्वती शर्मा, मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भ्रष्टाचारमुक्त जिल्ला र स्थानीय तह बनाउन जनप्रतिनिधिले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार