एमाले बेगर चल्न खोजे हाम्रा सिपाही खडा हुन्छन् : अधिकारी
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार २३:५१:२९
११ जेठ,पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् ।
पोखरामा उपमेयरसहितका नव निर्वाचित जनप्रतिनिधिको विजयी र्यालीलाई सम्बोधन गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा हाम्रा साथीहरूको कमेण्ट हेरेको छु । तपाईंहरूसँग शिर निहुरार्याएर निवेदन गर्न चाहन्छु, हामीले जुन सफलता प्राप्त गर्न सकेनौँ त्यो हाम्रै कारण हो । कास्की जिल्लाको मतदाता, पार्टी स्थायी कमिटी सदस्यको हैसियतले मैले जे गर्नुपर्ने हो त्यो गरेँ । तर नेतृत्व तहबाटै कमीकमजोरी बाँकी रहे । त्यसमा आत्मआलोचित हुँदै आगामी दिनमा ती कमजोरी नदोहोर्याउने बाचा गर्दछु ।’
पोखराको मेयर पराजित हुनुमा उनै अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गुटगत प्रतिस्पर्धालाई लिइन्छ । उनले निर्वाचित भएका जनप्रतिनिधिलाई ५ वर्ष लाल सिपाहीको रूपमा खडा हुन आग्रह गरे । ‘जो निर्वाचित हुनुभयो, तपाईँहरूले एकजुट भएर ५ वर्ष एमालेको नीति बाहिर गएर पोखरालाई तस्करको पन्जामा नगरपालिका लान कसैले चाहन्छ भने हाम्रा ८६ जना सिपाही खडा हुनेछन् । जवाफ दिनेछन् एमालेको अभियान पोखरा बनाउने हो भनेर,’ उनले भने, ‘तपाईँहरू सबैजना ५ वर्षको मोर्चामा खटिनुहुनेछ ।’
उनले वडा नम्बर १८ र ३१ मा जालसाजी गरेर आफ्ना उम्मेदवारलाई हराइएको आरोप लगाएका छन् । ‘जालसाजी गरेर वडा नम्बर ३१ र १८ मा मतपत्र लुकाएर हामीलाई हराइएको नाटक गरिएको छ । हामी युद्ध मैदानमा फेरि खडा हुनेछौं । हाम्रा मतपत्र जानीजानी लुकाइएको छ,’ भन्छन्, ‘कर्मचारी साथीहरूलाई भन्न चाहान्छौं, तपाईं इमानदार बनेर कसैले १ सिट जित्दैमा त्यसको जीत ठानेर एमालेलाई मिनिमाइज गरे । यो हिसाबकिताब एमालेले राखिरहन्छ ।’
उनले गठबन्धनलाई लुटपाट र घुसपैठ गरेर चुनाव जितेको आरोप लगाए । ‘तथाकथित लुटपाट गरेर, घुसपैठ गरेर, एमालेलाई कमजोर पार्ने कोशिसका साथ जितेका भए पनि अरू पदाधिकारीले एमाले बेगर चल्ने दुष्साहस नगरे हुन्छ । हामी लडाईंको मोर्चामा छौं,’ अधिकारीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार