महिनावारी दिवसमा काठमाडौंमा बृहत साइकल ¥याली हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बिहिबार ०:५२:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/clice-2-e1653484931136_DhY0dmkSS8.jpg)
११ जेठ, काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौंमा बृहत साइकल ¥याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ १४ गते शनिबार काठमाडौंको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल ¥याली गरिने भएको हो ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष ज्ञान महर्जनले एक्सपोज नेपालले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे चेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट ¥याली आयोजना गरिएको जानकारी दिएको हो ।
बिहान साढे सात बजे बसन्तपुरबाट सुरु हुने ¥याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुने जनाइएको छ ।
¥यालीमा ३०० जना साइकलयात्रीले सहभागिता जनाउने छन् । मंगलबजारमा हुने समापन कार्यक्रमलाई उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
एक्सपोज नेपालले महिलामाथि हुने सबैखाले हिंसा र महिनावारी स्वच्छताको विषयमा काम गर्दै आइरहेको छ । सन् २००७ मा स्थापना भएको संस्थाले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने, हिंसा न्यूनीकरणका लागि महिला पुरुष दुवैलाई चेतना अभिवृद्धि गर्ने, स्वस्थ महिनावारीकाबारेमा कार्यक्रम गर्नुका साथै पुनः प्रयोग गर्न सकिने प्याड निमार्ण र बिक्रिवितरण गर्दै आएको छ ।
संस्थाले विभिन्न स्थानीय तहसँगको सहकार्यमा सिप प्रदान गरी हालसम्म २३ जिल्लाका चार हजार नौ सय जना महिलालाई चेतना वृद्धिसहित आर्थिक उपार्जनका लागि काम गरिरहेको अध्यक्ष महर्जनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने
असार २१, २०८१ शुक्रबार
जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत
असार २१, २०८१ शुक्रबार
बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय महिला क्रिकेट खेलाडी बेगम निलम्बन, आचारसंहिता उल्लंघन गरेको आरोप
असार २१, २०८१ शुक्रबार
अशोक राई नेतृत्वको जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन
असार २१, २०८१ शुक्रबार
महिलाको ३३ र दलितको १४ प्रतिशत सीट सुरक्षित गरेर समानुपातिक प्रणाली हटाउनुपर्छः कोइराला
असार २१, २०८१ शुक्रबार