बीरगञ्जमा जसपा र साहिब दरबारको आयोजनामा रक्तदान
आबिद हुसेन
जेठ १२, २०७९ बिहिबार १७:०:१२
१२ जेठ, बीरगञ्ज । साहिब दरबार सेवा संस्थान र जनता समाजवादी पार्टी बीरगञ्ज महानगर कमिटीको संयुक्त आयोजनामा बीरगञ्जमा जारी रक्तदान कार्यक्रममा अहिलेसम्म ६६ पोका रक्त संकलन भएको छ ।
अंशु श्रेष्ठ, अफरोज आलम, इश्वरचन्द्र यादव, मनोज पटेल, अस्मिता पराजुली लगायत ६६ जनाले रक्तदान गरिसकेको संस्थानका महासचिव उमेशलाल सहनीले जानकारी दिए ।
कार्यक्रममा संघीय सांसद प्रदीप यादवले वीरगञ्जमा देखिएको रगत अभाव पूर्ति गर्न संस्थानसँगको सहकार्यमा पार्टीले रक्तदान कार्यक्रम आयोजना गरेको बताए । अस्पतालमा उपचाररत बिरामीलाई रगतको निकै खाँचो हुने भएकाले रक्त संकलन गर्ने अभियानमा सबै सहभागि हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रमको उद्घाटना गर्दै बीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले सामाजिक उत्तरदायित्व वहन गर्ने सबैको जिम्मेवारी भएकाले आफूहरुले निर्वाचित भएपछि पहिलो कार्यक्रम रक्तदानबाट सुरु गरेको प्रतिकृया दिए ।
बीरगञ्जमा देखिएको रगत अभाव पूर्ती गर्न रक्तदान कार्यक्रमलाई निरन्तरता दिने पनि बताए । बीरगञ्जको राणिसती अतिथि सदनमा जारी रक्त दान कार्यक्रम १२ बजेसम्म चल्ने संस्थानका महासचिव सहनीले जानकारी दिए ।
बढ्दो गर्मी र स्थानीय निर्वाचनका कारण केही समय यता बीरगञ्जमा रक्तदान कार्यक्रममा कमी आउँदा यहाँ रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र बीरगञ्जले जनाएको छ ।
रगत अभाव हुदा यहाँका विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा समस्या आउन थालेपछि जसपा र साहिब दरबार संस्थाले रगतको अभावलाई पूर्ति गर्न कार्यक्रम आयोजना गरेको हो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार