विद्यापीठ पुनःनिर्माण हुने
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार १७:२७:३९
१२ जेठ, भादगाउँ । भक्तपुर तलेजुको कर्माचार्य समुदायको पुजारीहरुको विद्यापीठ पुनःनिर्माण हुने भएको छ । भक्तपुर नगरपालिका–५ सुकुलढोकास्थित तलेजुमा पूजा गर्न तान्त्रिक विधिअनुसार कर्माचार्य समुदायलाई दीक्षित गराउने विद्यापीठ विसं २०७२ सालको भूकम्पले क्षति भएकाले पुनःनिर्माण गर्न पुरातत्व विभागले बजेट बिनियोजन गरेको हो ।
पुरानै संरचनाअनुसार प्यागोडाशैलीमा निर्माण गरिने तीनतल्ले विद्यापीठ विभागले रु एक करोड ५० लाख बजेट विनियोजन गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । दीक्षित पुजारीहरुले मात्रै प्रवेश गर्न मिल्ने विद्यापीठको पुनःनिर्माण कार्य सुरु गर्नुअघि तान्त्रिक विधिअनुसार क्षमा पूजा सम्पन्न भइसकेको छ ।
विद्यापीठको बाहिरी आकर्षक भित्तेचित्रमा असर नपर्ने गरी जमिन तल्लाको भाग नभत्काई क्षति भएका संरचनाको आवश्यकताअनुसार पुनःनिर्माण गरिने कार्यालयका प्रमुख अरुणा नकर्मीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार