वालिङमा सिसी क्यामेरा जडान
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार १७:२८:६
१२ जेठ, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरिएका हुन् । वालिङ नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जीनियर प्रकाश अर्यालका अनुसार नगरपालिकामार्फत डिभाइस खरिद गरिएको हो भने कालिका नेटले फाइबरमार्फत सिसी क्यामेरा जडान गरेको हो ।
नगरपालिका मुख्य–मुख्य चोक तथा नागरिकको बढी भीडभाड हुने ठाउँलाई लक्षित गरी ११ सिसी क्यामेरा जडान गर्ने कार्य जारी छ । वालिङ नगरपालिकाभित्रका मुख्य गरी सिद्धार्थ राजमार्गका मुख्य–मुख्य चोक, भित्री बजारका मुख्य–मुख्य चोक गरी भकुण्डेबाट त्रियासीसम्मका चोकमा सिसी क्यामेरा जडान गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । “वालिङ बजारलाई समेट्ने गरी सिसी क्यामेरा जडान गरिरहेका छौँ”, उनले भने।
वडा प्रहरी कार्यालयमा २४सै घण्टा यसबाट निरीक्षण गर्न सकिने छ । कुनै घटना घटिहाले यसैको आधारमा अनुसन्धान थाल्न र संलग्नको खोजी गर्न मद्दत पुग्ने खतिवडाले बताउनुभयो । यसअघि कुनै घटना घटेमा सङ्घसंस्था तथा व्यक्तिले राखेका सिसी क्यामेराको डाटा हेर्नुपर्ने बाध्यता थियो । मुख्य–मुख्य चोकमा सिसी क्यामेरा राखेर बजारलाई एकैपटक कार्यालयबाटै निरीक्षण गर्न सकिने भएपछि सम्भावित घटनामा कमी हुने र भइहालेमा पनि तत्कालै दोषीलाई नियन्त्रणमा लिन सकिने वडा प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार