कालिगण्डकीका प्रत्येक घरमा ईन्डक्सन चुल्हो
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार १७:२३:६
♦ प्रकाश डोटेल
१२ जेठ, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा ईन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्दै आएका करिब ४ हजार ६ सय घरधुरीलाई लक्षित गरी ग्यास चुल्हो प्रतिस्थापन गर्दै ईन्डक्शन चुल्हो वितरण गर्ने भएको हो ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्य वृद्धिलाई मध्यनजर गर्दै पालिकाभित्रका सबै घरधुरीमा विद्युतीय ईन्डक्शन चुल्हो वितरण गर्ने लक्ष्य सहित पहिलो निर्णय गरिएको अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।
“घरघरमा रहेका ग्यासका सिलिण्डर संकलन गर्ने र ईन्डक्शन चुल्हो दिने निर्णय गरेका छौं ।” अध्यक्ष थापाले भने, “निःशुल्क रुपमा चुल्हो उपलब्ध गराईने निर्णय गाउँसभाको आउँदो बैठकबाट पारित गरेर लागू गरेर कार्यान्वयनमा लैजान्छौं ।”
कालीगण्डकीलाई २ वर्षभित्रमा धुँवारहित पालिका बनाउने लक्ष्य राखिएको बनाउँदै थापाले आयातित ग्यासको प्रतिस्थापन गर्दै विद्युतको प्रयोगमा बल पु¥याउने बताए । उनले दिएको जानकारी अनुसार यसअघि वडा नं ५ को दलित समुदायमा ईन्डक्शन चुल्हो परीक्षणका रूपमा वितरण गरिएको थियो ।
दलित समुदायमा संचालित कार्यक्रम प्रभावकारी भएसँगै गाउँपालिकाभरि नै ईन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडी सारिएको छ । धुँवारहित गाउँपालिका बनाउँने निर्णय भएसँगै चुल्होचौकोमा काम गर्दै आएका स्थानीय उत्साहित भएका छन्
गाउँपालिकाले विद्युतको पहुँच सबै घरधुरीमा पु¥याउने अभियान अन्र्तगत विगत २ वर्षदेखि न्यूनतम विद्युतीय महसुल भुक्तानी गर्दै आएको छ । गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार