रूपनी गाउँपालिकाले एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार १९:३७:५२
१२ जेठ, सप्तरी । सप्तरीको रूपनी गाउँपालिकाले गरिब तथा विपन्नका लागि एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ । नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा प्रतिनिधिहरूले सपथ ग्रहण तथा पद स्थापनाका क्रममा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने र उक्त एम्बुलेन्समा ५० प्रतिशत छुट दिने घोषणा गरे ।
गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सर्वसाधारणलाई सस्तो र सहज उपचारका लागि एम्बुलेन्सको व्यवस्था र उपचारका लागि आवतजावत गर्न गरिब, विपन्नलाई ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाए । हरेक वडामा बर्थिङ सेन्टर र स्वास्थ्य उपचारको व्यवस्था पनि गर्ने उनको भनाइ छ ।
रूपनी गाउँपालिकाको धार्मिक स्थल शनि मन्दिर, रूपनी माता, दिनाभद्री लगायतलाई पर्यटकीय स्थलको रूपमा चिनाउने, जिल्लामा भएको एकमात्र औद्योगिक क्षेत्रलाई व्यवस्थित गरी ठूलाठूला उद्योग सञ्चालन गर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार