राम्ररी हेरौँ नीति तथा कार्यक्रममा लिम्पियाधुरा र लिपुलेक मात्र हैन, पुरै सीमा विवाद राखिएको छः नेता सिंह
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार २२:६:४८
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले संसदमा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा सीमा विवाद समाधानका लागि पहल गर्ने उल्लेख रहेको बताएका छन् । उनले नीति तथा कार्यक्रममा लिम्पियाधुरा र लिपुलेकको मात्र नभएर पुरै सीमा विवादको कुरा उठाएको बताएका छन् ।
प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले नीति तथा कार्यक्रमको १३९औँ बुँदामा छिमेकी राष्ट्रसँगको सीमा विवाद समाधान गर्ने उल्लेख रहेको जानकारी दिएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे नीति तथा कार्यक्रम मौन बसेको आरोप लगाएका थिए । त्यसपछि बोलेका एमालेका सांसदहरूले पनि नीति तथा कार्यक्रमले सीमा विवादबारे मौन बसेको आरोप लगाए ।
यसपछि छलफलमा सहभागी भएका कांग्रेसका सांसद प्रकाशमान सिंहले नीति तथा कार्यक्रममा सीमा विवाद समाधान गर्ने समेटिएको जानकारी दिए । ‘ राम्ररी हेरौँ नीति तथा कार्यक्रमको १३९औँ बुँदामा ऐतिहासिक सन्धि, नक्सा, तथ्यका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषयमा समाधान गरिनेछ उल्लेख छ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार