स्वतन्त्र उम्मेदवारको विजयी यात्रा दलप्रति जनताको विद्रोहको संकेत: राजकिशोर यादव
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार २३:४२:८
१२ जेठ, काठमाडौं । जनता समाजवादीका सांसद राजकिशोर यादवले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीति दलप्रति जनताको विद्रोहको संकेत रहेको बताएका छन् ।
प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले काठमाडौं, धरान, धनगडीसहितका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको वियय राजनीति दलप्रति जनताको विद्रोहको संकेत रहेको बताएका हुन् ।
स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका काठमाडौं महानगरमा बालेन साह, धरान उपमहानगरमा हर्क साम्पाङ राई, धनगडी उपमहानगरमा गोपाल हमालसहित निर्वाचित भएको प्रसङ्ग कोट्याउँदै उनले राजनीति दलका नेताको निर्णय प्रवृत्तिको विद्रोहको संकेत रहेको बताए ।
यसलाई अन्त्य गरेर दलीय निर्णय प्रक्रिया सच्याउनुपर्ने उनको भनाइ छ । दलहरुले जनताको भावना नबुझी आफ्नो निर्णय लाद्ने प्रवृत्तिको विरोधमा जनताको मत जाहेर भएको भन्दै उनले अब लोकतन्त्र बलियो भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार