पार्टीका नेता भेट्न जीतपुरसिमराका मेयर कर्मचारीसहित काठमाडौं गएपछि काम प्रभावित
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १४:५४:२१
१३ जेठ, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर काठमाडौं लागेपछि कार्यालयको काम प्रभावित बनेको छ ।
मेयर पौडेलले काठमाडौंमा माओवादी पार्टीका नेता र मन्त्रीहरुलाई भेटन भन्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित प्रशासन प्रमुख बालाराम खड्कालाई लिएर काठमाडौं गएपछि कार्यालयको सेवा प्रभावित बनेको हो ।
जिल्ला प्रशासन कार्यालय बाराले नव निर्वाचित वडा अध्यक्षहरूको हस्ताक्षरको नमुना पठाउँन भनेर नगरपालिका कार्यालय पुगेका वडा नम्बर २३ का वडा अध्यक्ष मुस्तकिम अन्सारी कार्यालयमा कर्मचारीहरू नभेटेपछि निराश हुँदै फर्कन बाध्य भएका छन् ।
हस्ताक्षरको नमुना नगरपालिका मार्फत सिडियो कार्यालयमा पठाएपछि मात्रै नवनिर्वाचित वडा अध्यक्षहरूले कार्यालयको कागजपत्रमा हस्ताक्षर गर्न पाउने भएकोले वडा सचिव सहिँत नगरपालिका गएको तर कर्मचारी नभेटेपछि हस्ताक्षर प्रमाणिकरणको काम गर्न नपाएर जनताको सिफारिसमा असहज भएको उनले बताए ।
जनताको कामलाई बेवास्ता गर्दै मेयर पौडेल आफ्नों पार्टीका नेता भेट्न कर्मचारी नैं लिएर गएपछि वडा अध्यक्षहरूले मेयरले जनताको कामलाई भन्दा पार्टी व्यक्तिगत कामलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार